काठमाडौं, १६ पुसः पछिल्ला केही दिनयता नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज सुन र चाँदीको मूल्य घटेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ६१ हजार र त्यति नै चाँदीको मूल्य चार हजार ४७० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ६२ हजार १०० र त्यति नै चाँदीको मोल रु चार हजार ५९० मा कारोबार भएको थियो ।




