Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
बिर्तामोडमा सम्पन्न १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा निदि मा.वि प्रथम
बुधवार, पौष १६, २०८२
बिर्तामोड, १६ पुस : बिर्तामोडमा आज सम्पन्न स्थानीय तहस्तरीय अन्तरविद्यालय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा निदि माध्यमिक विद्यालय प्रथम भएको छ ।
बिर्तामोड नगरपालिकाले आयोजना गरेको उक्त प्रतियोगितामा वडा नम्बर २ मा रहेको निदि मा.विले १७ स्वर्ण, ८ रजत र ५ कास्य जितेर प्रथम भएको हो । यस्तै वडा नम्बर १० मा रहेको महेन्द्रज्योति माध्यमिक विद्यालय दोश्रो भएको छ । महेन्द्रज्योतिले ७ स्वर्ण, ५ रजत र ४ कास्य प्राप्त गरेको छ । यस्तै वडा नम्बर ३ को महेन्द्ररत्न माध्यमिक विद्यालय तेश्रो भएको छ । महेन्द्ररत्नले ६ स्वर्ण, ९ रजत र ७ कास्य प्राप्त गरेको छ ।
विजेताहरु प्रथम, द्वितिय र तृतियले क्रमश १५ हजार, १२ हजार र १० हजार रुपैयाँसहित प्रमाण पत्र, ट्रफी र मेडल प्राप्त गरेका छन् । नगरपालिकाले यस वर्षदेखि विजेताको लागि १८ तोला चाँदी जटित रनिङ शिल्डकोसमेत व्यवस्था गरेको थियो।
विजेता विद्यालय तथा विद्यार्थीहरुलाई नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी लगायतले पुरस्कार वितरण गर्नु भयो ।
प्रतियोगिता पुस १३ गतेदेखि वडा नम्बर ८ स्थित सेन्ट जेभियर्स स्कुलको मैदानमा सुरु भएको थियो ।बिर्तामोड नगरपालिका भित्रका ३९ वटा विद्यालयका दुई हजार भन्दा बढी विद्यार्थीले प्रतियोगितामा कराते, उस्सु, तेक्वान्दो, एथलेटिक्स, भलिवल र कवड्डी विधामा प्रतिस्पर्धा गरेका थिए ।