बुधवार, चैत १८, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Curacao lisanslı platformlarda dolandırıcılık tespiti ortalama 1 milyon işlemde 3’tür; bu, Bahsegel güncel adres’in yüksek güvenlik düzeyini gösterir.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

बिर्तामोडमा मोही हकको जग्गा विक्री विवाद

बुधवार, पौष १६, २०८२

बिर्तामोड, १६ पुस : भूमिसुधार तथा मालपोत कार्यालय झापामा जग्गा किनबेचको एउटा घटना विवादमा आएको छ । जग्गा विक्री गर्ने प्रक्रियामा विवाद भएपछि मंगलवारदेखि मालपोत कार्यालयमा सेवा नै प्रभावित भएको थियो ।

मोही बापत जग्गा प्राप्त गरेको दावी गर्ने बिर्तामोड – १ स्थित कुडानी राजवंशीको श्रीमति जामानु राजवंशीले आफ्नो जग्गा विक्रीमा अवरोध खडा गरिएको बताइन् । बुधबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै उनले श्रीमानको निधन अघि आफ्नो नाममा मोही सारी गरिएको र सो जग्गामा मुद्धापछि प्राप्त गरेको जग्गा विक्री गर्न खोज्दा अवरोध भएको गुनासो गरिन् ।

भूमिसुधार तथा मालपोत कार्यालय झापाले बिर्तामोड– १ स्थित भीमबहादुर कार्कीको परिवारले ०३५-३६ सालमा खरिद गरेको जग्गाबाट राजवंशी परिवारले गत मंसीर १५ गते मोही लगत कट्टा गरी १ विघा जग्गा प्राप्त गरेका थिए ।

प्राप्त विवरण अनुसार कार्की परिवारको नाममा दर्ता कायम रहेको ५ बिगाहा ६ कठ्ठा १० धुर जमिनमा राजवंशी परिवारले मोही हक दावी गरेको थियो । पत्रकार सम्मेलनमा जामानु राजवंशीले भनिन्, त्यो जग्गामा मेरो श्रीमान (कुडानु राजवंशी) ले भोग गरेको हो । जोतभोगका आधारमा श्रीमानको नाममा मोहीयानी हक कायम भएको थियो ।

मोहीयानी हक कायम भएकै आधारमा तीन बिगाहा जमिनमा राजवंशी परिवारले मोही हक दावी गरेका थिए । उक्त दावीका आधारमा उनीहरुको नाममा एक बिगाहा जमिन कायम गर्ने गरी फैसला भइसकेको छ ।

कुडानुको २०३७ सालमा निधन भएपछि सो जग्गा उनकी श्रीमती जानाकीले भोकचलन गरेको बताइन्छ । सो जग्गा कुडानु राजवंशीको निधन हुनुअघि नै श्रीमती जानाकी राजवंशीको नाममा श्रेष्ता सारिएको उनीहरुको दावी छ । जानाकीका अनुसार श्रीमानको निधनपछि देवर सुरनलाल राजवंशीले सो जमिन कमाएका थिए ।

जग्गा कमाउने विषयमा पछि विवाद भएपछि केहि समय बाँझो राखिएको उनीहरुको भनाई छ । सो जग्गा २०२१ सालको दर्तावाला मोही आफ्नो श्रीमान भएको जनाउदै राजवंशीले जग्गा छुट्याउन भन्दै निवेदन दिएकी थिइन् । निवेदनको आधारमा भुमिसुधार तथा मालपोत कार्यालय झापाले राजवंशीको पक्षमा फैसला गर्दै जग्गा दिलाएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

राजवंशीले आफ्नो नाममा जग्गा आएपछि घर बनाउन जग्गा बेच्ने निर्णय लिई प्रक्रिया अघि बढाउदा अवरोध भएको गुनासो गरिन् । जानाकी राजवंशीलाई भतिज रामबहादुर राजवंशी रेखदेख गर्दै आएका छन् । उनीहरुले मालपोत कार्यालय जग्गा विक्रीका लागि जाँदा आफुहरुलाई नक्कली मोही करार गर्न खोजेको बताइन् ।
जानाकीका भतिजा रामबहादुरका अनुसार मोही बापत एक बिगाहा जग्गा पाएको र त्यसैमध्येबाट ५ कठ्ठा जग्गा बिक्री गर्न खोज्दा समस्या आएको जानकारी दिए । आफुले पाएको जग्गा विक्री गर्न नपाएपछि उनीहरुले न्यायका लागि अपील गरेका छन् ।

भूमिसुधार तथा मालपोत कार्यालय झापाका प्रमुख मालपोत अधिकृत लेवन काश्यप अधिकारीले कानुनी प्रक्रिया बमोजिम कार्यालयको तर्फबाट फैसला गरिसकेको जानकारी दिए । दुवै पक्षलाई फैसला उपर चित्त नबुझेको खण्डमा उच्च अदालत जान सकिने सुविधा भएको उनको भनाई छ । कार्यालयको तर्फबाट गर्ने फैसलामा कुनै समस्या छैन, उनले भने – गलत भएमा उच्च अदालतले बदर गरिदिन्छ, ठिक भएको खण्डमा सदर गरिदिन्छ । कानुनी राज्यमा सबैले कानुनी व्यवस्थालाई मान्नुपर्ने भन्दै कार्यालय प्रमुख अधिकारीले भने – बदर हुने अवस्थामा हामी पनि कारबाहीको भागेदार बन्नैपर्छ ।

उक्त जग्गा ०५० सालमा प्रक्रिया पुरा गरेर लगत कट्टा गरिएकोमा फेरि उल्टाएइएको जग्गाधनी परिवारका सुशिल कार्कीले जानकारी दिए । उनका अनुसार हजरवुवा भीमबहादुर कार्कीले ०३५-३६ सालमा जग्गा खरिख गरेका हुन् । ०३७ सालसम्म मोही भोग गरेर छोडेको जग्गा परिवारभित्र ०४६ सालमा अंशवण्डा भएको थियो, उनले भने – २०५० सालमा भूमि सुधार तथा मालपोत कार्यालय झापाले नै लगत कट्टा गरेको हो ।

०८१ सालमा श्रीमतिको नाममा रहेको मोही श्रीमानको नाममा कटौती गरेको भन्दै राजवंशीले मुद्धा दर्ता गराएको कार्कीले जानकारी दिए । ०८२ को मंसिरमा मुद्दाको फैसला भई राजवंशी परिवारलाई जग्गा दिएको भन्ने सूचना छ, कार्कीले भने – कुन जग्गा दियो, कति कित्ता नं. को जग्गा दियो हामीलाई थाहा छैन । विक्री हुदैछ भन्ने सुनेपछि कार्यालय गएर रोकेका हौं ।

जग्गाधनीलाई नै थाहा नदिई धनिपुर्जा समेत बनिसकेको सुन्दा अचम्म लागेको छ, उनले थपे – आफैले लगत कट्टा गरिसकेको जग्गामा फेरि मोही दिन कसरी मिल्छ ? यसमा भूमिसुधार तथा मालपोत कार्यालयको सेटिङ छ । उनले उक्त जग्गा प्रकरणमा जोडिएका दोषीहरुलाई कारबाहीको माग गरेका छन् । कर्मचारीदेखि जग्गामा जोडिएका मान्छेहरुलाई कारबाही हुनुपर्छ । उनले जग्गामा कुनै कैफियत छ भने हामी अझै पनि छानविनको लागि तयार छौं, कार्कीले भने ।

सम्बन्धित खबर