आइतवार, फागुन ३, २०८२
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında deneyim ve yeniliği bir arada sunan bettilt farkını kanıtlıyor.

Güçlü teknik altyapısıyla kesintisiz hizmet sunan bettilt stabil performans sağlar.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

प्रहरीले चलाएको गोली लागेर सिटी सफारी चालकको मृत्यु

बिहिवार, पौष १७, २०८२

सुनसरी, १७ पुसः सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीले चलाएको गोली लागेर सिटी सफारी चालकको मृत्यु भएको छ। सशस्त्र प्रहरी बल (एपीएफ) को टोलीले प्रहार गरेको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको घटनास्थलमै मृत्यु भएको हो।

सुनसरी प्रहरीका प्रवक्ता चन्द्रबहादुर खड्काका अनुसार विजय साह स्थानीय बासिन्दा हुन्। उनी सिटी सफारीमा ८–१० बोरा चिनी लोड गरेर भारतबाट नेपालतर्फ ल्याउँदै थिए। यही क्रममा सीमावर्ती क्षेत्रमा गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीसँग उनको सामना भएको थियो।

प्रहरी स्रोतका अनुसार मालसामान ओसारपसारको विषयलाई लिएर प्रहरी र साहबीच केही समय विवाद भएको थियो। विवाद चर्किँदै गएपछि सशस्त्र प्रहरीले गोली चलाएको र त्यस क्रममा साहलाई गोली लागेको बताइएको छ। गोली लागेपछि साहको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ।

घटनापछि स्थानीयवासी आक्रोशित बनेका छन्। उनीहरूले मृतकको शव उठाउन नदिँदै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्। स्थिति तनावग्रस्त बनेपछि सुरक्षाकर्मीहरू तैनाथ गरिएको छ।

डिएसपी खड्काका अनुसार अहिले स्थानीय जनप्रतिनिधि र मृतकका परिवारसँग वार्ता भइरहेको छ। घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको र सत्यतथ्य सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

सम्बन्धित खबर