Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते
शुक्रवार, पौष १८, २०८२
गाजा, १८ पुस: गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन्।
अर्को छुट्टै घटनामा, मध्य गाजा पट्टीको नुसिरात शरणार्थी शिविरमा अर्को आगलागी हुँदा एक जना युवतीको मृत्यु भएको जनाइएको छ ।
प्यालेस्टिनी समाचार एजेन्सीका अनुसार गाजा सहरको यर्मोक स्टेडियममा रहेको विस्थापीतहरुको शिविर भित्र पहिलो आगलागी हुदाँ एकजनाको मृत्यु भएको थियो भने अन्य पाँचजना जलेका थिए । घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको जनाइएको छ ।
दोस्रो घटनामा नुसिरात शिविरमा बस्दै आएका बालक संलग्न रहेको वफा समाचार उल्लेख गर्दै एजेन्सिले विद्यमान मौसमको कारण आगलागी भएको बताइएको छ ।
प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय एजेन्सी, युएनआरडब्लुएले यस हप्ताको सुरुमा गाजामा करिब दुई लाख ३५ हजार मानिसहरू डिसेम्बर १० र १७ को बिचमा गम्भीर मौसमको अवस्थाबाट प्रभावित भएको बताएको छ । बायरन नामले चिनिने आँधीले आवाशिय भवन ढल्नुका साथै विस्थातिहरुको आश्रयहरूलाई क्षति पुगे पछि उनीहरु विस्थापीत भएको बताइएको छ ।
प्यालेस्टिनी स्रोतका अनुसार डिसेम्बरमा जाडो मौसम सुरु भए देखि, मौसम सम्बन्धी घटनामा चार बालबालिका सहित कम्तिमा १८ जना प्यालेस्टिनीको मृत्यु भएको छ । स्रोतले लगभग ९० प्रतिशत विस्थापीतहरुका शिविरहरू बाढीबाट प्रभावित भएका कारण द्वन्द्वको समयमा घरहरू ध्वस्त भएका परिवारहरूलाई असर गरेको जनाएको छ ।