आइतवार, चैत २२, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Curacao lisanslı platformlarda dolandırıcılık tespiti ortalama 1 milyon işlemde 3’tür; bu, Bahsegel güncel adres’in yüksek güvenlik düzeyini gösterir.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

झापा जिल्ला सहकारी संघद्वारा ७ नीति संशोधन र २६ नयाँ कार्यविधि निर्माणको घोषणा

शुक्रवार, पौष १८, २०८२

बिर्तामोड, १८ पुस : झापा जिल्ला सहकारी संघमा चालू कार्यकालका लागि चुनिएको नेतृत्वले संस्थालाई गतिशील बनाउन ७ वटा नीति तथा कार्यविधिहरु संशोधन गर्ने तथा २६ वटा नयाँ निर्माण गर्ने कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

आर्थिक वर्ष २०८१ ०८२ को समीक्षा गर्न आज बिर्तामोडमा आयोजित २९औं वार्षिक साधारण सभामा अध्यक्ष प्रेमकुमार कोइरालाले यस्तो प्रस्ताव पेश गर्नुभएको हो ।

राष्ट्रिय सहकारी वैंकका अध्यक्ष महेन्द्रकुमार गिरीको प्रमुख आतिथ्यमा आयोजित वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट तयार पारिएको प्रतिवेदन प्रस्तुत गर्नुहुँदै अध्यक्ष कोइरालाले संघको विनियम २०५० लाई संशोधनसहित पुनःलेखन गर्ने, आन्तरिक नीति तथा कार्यविधिहरु आवश्यकता अनुसार संशोधन गर्ने तथा थप आवश्यक नीति तथा कार्यविधिहरु बनाउने बताउनु भएको हो ।

उहाँले सहकारी क्षेत्रमा देखा परेका समस्याहरुलाई समाधान गर्न र सहकारी संस्थाहरुको सुरक्षाका लागि संघले पूर्णरुपमा अभिभावकत्व ग्रहण गर्ने पनि जनाउनु भएको छ । जिल्ला संघले अबदेखि आफ्नो वित्तीय कारोबारहरुको विवरण प्रारम्भिक सहकारी संस्थाहरुले जस्तै मासिक रुपमा सार्वजनिक गर्ने पनि जनाएको छ । स्मरणीय छ, झापामा जिल्ला सहकारी संघले पनि सदस्य संस्थाहरु माझ बचत तथा ऋणको कारोबार गरिरहेको छ ।

सोही अनुसार संघमा आवद्ध ४९३ वटा सहकारी संस्था यसका शेयरधनी रहेका छन् भने शेयर पूँजी ४ करोड १२ लाख ५१ हजार २०० रूपैयाँ, निक्षेप बचत २१ करोड २२ लाख ३१ हजार ९६४ रूपैयाँ, र कोष हिसाब ८ करोड १८ लाख ३७ हजार २५६ रूपैयाँ पुर्याइएको उल्लेख छ ।

संघले आफ्ना ३२ वटा सदस्य संस्थाहरुलाई १७ करोड ५६ लाख ८४ हजार ५८० रूपैयाँ ऋण लगानी गरेको छ भने असार मसान्तमा २३ लाख २९ हजार ६०६ रूपैयाँ सञ्चालन नाफा गरेको प्रतिवेदनमा उल्लेख छ। संघबाट ऋण लिएर नतिर्ने ६ वटा सहकारी संस्थाहरु विरुद्धमा झापा जिल्ला अदालतमा मुद्धा दायर गरिएकोमा मुद्धा संघको पक्षमा फैसला हुँदा २ वटा संस्थाले चुक्ता गरेको र ४ वटाले आंशिकरुपमा कार्यान्वय गर्दै रहेको प्रतिवेदनमा जनाइएको छ ।

संघका सचिव भवानीप्रसाद दंगालले सञ्चालन गर्नुभएको साधारण सभा समारोहमा आमन्त्रित सहकारीकर्मीहरुलाई संघका वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद सापकोटाले शाब्दिक स्वागत गर्नुभएको थियो ।

उक्त सभाको उद्घाटन शत्रमा प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष तथा सहारा नेपाल साकोस लि.का कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी, राष्ट्रिय सहकारी बैंक लिमिटेड, लेखा सुपरीवेक्षण समितिका संयोजक तथा नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेती र नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका उपाध्यक्ष मिनाकुमारी ढकालले नेपालको सहकारी अभियानका विभिन्न विषयमा आफ्ना धारणा राख्नु भएको थियो ।

सो कार्यक्रममा संघका पूर्व अध्यक्ष हरिचरण बानियाँले जिल्ला संघको नाममा चारपानेमा किनिएको जमिन लावारिस रहेकोप्रति सञ्चालकहरुको ध्यानाकर्षण गराउनु भयो । सहकारी प्रशिक्षण केन्द्र बनाउने गरी आफू अध्यक्ष रहेको समयमा किनिएको उक्त जमिन यतिबेला जंगल बनेको गुनासो गर्नुहुँदै उहाँले यो अवधिमा किन केही गरिएन भनेर संघका निवर्तमान सञ्चालकहरुसँग जिज्ञासा पनि राख्नुभयो । वर्तमान सञ्चालकहरुलाई उक्त उद्देश्य थाह छ कि छैन वा बिर्सनु पो भयो कि मलाई त भत्भती पोलिरहेछ पूर्वअध्यक्ष बानियाँको प्रश्न थियो ।

सम्बन्धित खबर