Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
घट्यो हवाई भाडा
शनिवार, पौष १९, २०८२
काठमाडौँ, १९ पुस । इन्धनको मूल्य घटेसँगै आन्तरिकतर्फको हवाई भाडा पनि घटाइएको छ । एक रुपियाँ मात्रै पनि तलमाथि हुँदा स्वचालित रूपमा थपघट हुने इन्धनको मूल्य यसपालि प्रतिलिटर छ रुपियाँका दरले घटेपछि देशका अधिकांश गन्तव्यको हवाई भाडा घटाइएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यसअघि प्रतिलिटर १३४ रुपियाँ रहेको हवाई इन्धनको मूल्य घटेर १२८ रुपियाँ कायम भएपछि सुगम र दुर्गमतर्फको हवाई भाडा समायोजन गरिएको छ । नयाँ भाडादर अनुसार शुक्रबारदेखि फ्युल सरचार्ज प्रतिसिट प्रतिमिनेट ६८.९ रुपियाँ तोकिएको छ ।
काठमाडौँबाट सबैभन्दा टाढाको गन्तव्य धनगढीको भाडा सबैभन्दा धेरै घटेको छ । यस उडानमा २६५ रुपियाँ घटेर पाँच हजार ६५५ रुपियाँ भाडा कायम गरिएको छ । त्यस्तै सबैभन्दा कम काठमाडौँ–सिमरा रुटमा ५५ रुपियाँले हवाई भाडा घटेको छ ।