शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोडमा मृत फेला परेका व्यक्तिको पहिचान खुलेन

सोमवार, भदौ ११, २०८०

झापा । बिर्तामोडमा आज विहान मृत फेला परेका व्यक्तिको पहिचान खुलेको छैन ।

मृतकको साथमा करिब २० रुपैंया जति सिक्काबाहेक पहिचान खुल्ने कुनै कागजपत्र नभेटिएको ईलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका डिएसपी सुरज कार्कीले जानकारी दिनुभयो ।मृतक अन्दाजी ३४ वर्ष जतिको रहेको प्रहरीले जनाएको छ ।शवलाई पोष्टमाटॅमको लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाईएको  छ ।आज विहान मुक्तिचौक छेउमा रहेको प्रसाई सुपर मार्केट अगाडि नाली भित्र घोप्टो परेको अवस्थामा शव फेला परेको थियो । घटना स्थलमा उनले प्रयोग गरेको साईकलसमेत भेटिएको छ ।

शवको पहिचान र घटनाको विषयमा प्रहरीले अनुसन्धान गरीरहेको ईलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले जनाएको छ ।

सम्बन्धित खबर