Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
स्विट्जरल्याण्डको बारमा आगलागीः ४० जनाको मृत्यु, ११९ घाइते
शनिवार, पौष १९, २०८२
काठमाडौं, १९ पुसः दक्षिण–पश्चिमी स्विट्जरल्याण्डको एक बारमा भीषण आगलागी हुँदा ४० जनाको मृत्यु भएको भएको छ ।
क्रान्स–मोन्टाना रिसोर्टमा घटेको यस घटनामा ११९ जना घाइते भएका छन् र उद्धारका लागि ठूलो संख्यामा स्वास्थ्यकर्मी परिचालन गरिएको छ । घाइतेमध्ये ११३ जनाको पहिचान खुलेको छ ।
वालेस क्यान्टनको क्रान्स–मोन्टाना स्की रिसोर्टमा रहेको ले कन्स्टेलेसन बारमा राति शुरु भएको आगलागीमा केही युरोपेली देशहरूले अझै पनि आफ्ना नागरिक हराइरहेको बताएका छन् । स्विस अधिकारीहरूले आगामी दिनमा मृतकको संख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन् ।
बिहीवार स्थानीय समयअनुसार बिहान करिव १ः३० बजे आगलागी शुरु भएको केही मिनेटमै बारमा खतराको सूचना जारी गरिएको थियो । स्थानीय प्रहरीकाअनुसार घटनास्थलमा कुल ४१ वटा एम्बुलेन्स, १३ वटा हेलिकप्टर र १५० भन्दा बढी स्वास्थ्यकर्मीहरू परिचालन गरिएको थियो ।
स्विस महासंघका राष्ट्रपति गाय पारमेलिनले यो आगलागी देशको इतिहासकै सबैभन्दा खराब त्रासदीमध्ये एक भएको बताउनु भयो । ले कन्स्टेलेसन बार लक्जरी रिसोर्टका अन्य ठाउँहरूको तुलनामा सस्तो भएकाले आगलागीमा मृत्यु हुने र घाइते हुनेमा अधिकांश युवाहरू रहेका छन् ।
घाइतेहरूलाई शुरुमा वालेस क्यान्टनको राजधानी सियोनका साथै लाउजेन, जुरिच र जेनेभाका अस्पतालहरूमा भर्ना गरिएको थियो । पछि केहीलाई विदेशका अस्पतालमा पठाइएको थियो । स्विस मिडियाकाअनुसार फ्रान्सको स्ट्रासबर्गमा रहेको काउन्सिल अफ युरोपले ऐक्यवद्धता प्रकट गर्दै स्विस झण्डा आधा झुकाएको छ ।