Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
झापा ५ बाट एमाले अध्यक्ष ओलीको नाम सिफारिस
शनिवार, पौष १९, २०८२
दमक, १९ पुस । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले)ले झापाले क्षेत्र नम्बर ५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस गरेको छ । शनिबार बसेको क्षेत्रीय समन्वय कमिटी बैठकले यस्तो निर्णय गरेको एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिनु भयो ।
कार्कीका अनुसार शनिबार सम्पन्न क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर ५ को बैठकले अध्यक्ष ओलीको एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
यो सिफारिसँगै ओली दुई संविधानसभा र पाँच प्रतिनिधिसभा गरेर सातौं पटक चुनाव लड्दै हुनु हुन्छ । पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष अघिल्लो २०७९ निर्वाचनमा झापा ५ बाट फराकिलो मतान्तरले विजयी बन्नु भएको थियो । उहाँ निकटतम प्रतिद्वन्द्वी भन्दा २८ हजार ५७६ मतान्तरले विजयी बन्नु भएको हो ।
उहाँ २०४८ मा बहुदलीय व्यवस्था स्थापनापछिको पहिलो आम निर्वाचनमा झापा–६ बाट प्रतिनिधि सभाको सदस्यमा निर्वाचित हुनुभयो भने २०५१ को मध्यावधि निर्वाचनमा झापा–२ बाट प्रतिनिधि सभामा पुनः निर्वाचित हुनु भएको थियो । अध्यक्ष ओली २०५६ मा झापा–६ बाट प्रतिनिधिसभामा निर्वाचित हुनु भयो । २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा पराजित भएका अध्यक्ष ओली २०७० मङ्सिरमा भएको निर्वाचनमा झापा–७ बाट संविधानसभा सदस्यमा निर्वाचित हुनु भएको थियो ।