चितवन, १९ पुसः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशभरका पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्नेबताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ चितवन शाखाको आज निरीक्षणपछि कुरा गर्ने क्रममाउहाँले अहिले सरकारले सरकारी सञ्चार माध्यममाकार्यरत पत्रकारहरुलाई सामाजिक सुरक्षा कोषमा जोड्ने कामको थालनी गरेको बताउनुभयो ।
उहाँले पत्रकारका कार्यालयमा प्रवेश गर्दा आफ्नै घरमा प्रवेश गरेको अनुभूति हुने बताउँदै चितवन शाखा अन्य शाखाको तुलनामा राम्रोरहेको बताउनुभयो । पत्रकारहरुको समस्या समाधानका लागि अहिलेको सरकारले केही आधारशिला तयार गर्ने उहाँको भनाइ थियो ।उहाँले भन्नुभयो, “लोक कल्याणकारी विज्ञापनको सही तरिकाले सबै सञ्चारमाध्यममा पु¥याउन जरुरी छ ।”
निरीक्षणका क्रममा नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष वसन्त पराजुलीले जिल्लाको पत्रकारिता अवस्था र चुनौतीकाविषयमा मन्त्री खरेललाई अवगत गराउनुभएको थियो । मन्त्री खरेलले समाचार सङ्कलनका क्रममा जाँदा दुर्घटनामा पर्नुभएका नेपालटेलिभिजनका चितवन समाचारदाता अनिल ढकाललाई भेट गर्नुभएको छ ।
ढकाललाई नेपाल टेलिभिजनमा निरन्तर रुपमा काम गर्नका लागि आवश्यक सहजीकरणका लागि आफू तयार रहेको उहाँको भनाइथियो । सोही क्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष महेन्द्र विष्टलाई टेलिफोन गरी मन्त्री खरेलले टेलिभिजनकातर्फबाट गर्न सक्ने सहयोगका लागि निर्देशन दिनुभयो ।
ढकालले आफू टेलिभिजनको प्रत्यक्ष प्रसारणका लागि जाने क्रममा दुर्घटना भएको भन्दै नेपाल टेलिभिजनमा स्थायित्व हुने गरीरोजगारको सुनिश्चितता गरिदिन मन्त्री खरेललाई अनुरोध गर्नुभएको थियो ।
पत्रकार ढकाल गत असोजमा मुग्लिन–नारायणगढ सडकखण्डमा समाचार सङ्कलनका क्रममा दुर्घटनामा पर्नुभएको थियो । दुर्घटनामापरी घाइते ढकालको स्वास्थ्यमा अहिले क्रमिक सुधार आएको छ । उहाँ विगत तीन महिनादेखि उपचारकै क्रममा हुनुहुन्छ ।




