बिहिवार, फागुन ७, २०८२
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında deneyim ve yeniliği bir arada sunan bettilt farkını kanıtlıyor.

Güçlü teknik altyapısıyla kesintisiz hizmet sunan bettilt stabil performans sağlar.

Dijital ortamda kazanç sağlamak isteyenler bettilt sistemlerini tercih ediyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

जनसांस्कृतिक महासङ्घको ३९औँ स्थापना दिवस सम्पन्न

शनिवार, पौष १९, २०८२

काठमाडौँ, १९ पुसः नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जनसङ्गठन ‘राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपाल’ ले आज आफ्नो ३९औँ स्थापना दिवस मनाएको छ ।

कार्यक्रममा एमाले उपाध्यक्ष रघुजी पन्तले सूचना प्रविधि सिर्जनशीलताका लागि अवसरका साथै चुनौतीका रूपमा पनि रहेको बताउँदै समाजबाटै प्राप्त हुने मानवीय अनुभूति ग्रहण गरेर वैचारिक अभियानमा लाग्न आग्रह गर्नुभयो । पूर्वमन्त्री पन्तले महासङ्घले पुराना स्रष्टाको सम्मान गर्दै नयाँ पुस्तासम्म पुग्नुपर्ने र उनीहरूलाई समेटेर वैचारिक एवम् उद्देश्यमूलक यात्रामा लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामाले सांस्कृतिक रूपान्तरणमा चेतना वा विचार निर्माण अत्यन्त आवश्यक रहेकाले यसका लागि महासङ्घले समर्पित भएर लाग्न स्रष्टालाई प्रेरणा दिँदै आएको बताउनुभयो । एमालेका केन्द्रीय सदस्य सुजिता शाक्यले संस्कृतिमाथि निरन्तर प्रहार भइरहेको वर्तमानमा संस्कृतिकर्मीको विशेष भूमिका रहेको औँल्याउनुभयो ।

एमालेका अर्का केन्द्रीय सदस्य हेमराज राईले परिवर्तनलाई सम्बोधन गर्ने नयाँ सशक्त रचना सिर्जनामा लाग्न आग्रह गर्नुभयो । कार्यक्रममा नन्दु उप्रेतीले समसामयिक कविता वाचन गर्नुभएको थियो भने भरत नेपाली र सूर्य मगरले सारङ्गीको धुन सुनाउनुभएको थियो ।

महासङ्घका कार्यवाहक अध्यक्ष अशोककुमार राईले सार्थक सृजनाका साथै सिद्धान्त र व्यवहारका बीच तालमेल गर्नुपर्ने तथा साङ्गठनिक समन्वय गरिनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

विसं २०४४ पुस १९ मा डा मोदनाथ प्रश्रितको अध्यक्षतामा गठित तत्कालीन ‘राष्ट्रिय जनसांस्कृतिक मञ्च’ हाल महासङ्घका रूपमा सक्रिय रहेको छ ।

सम्बन्धित खबर