सोमवार, चैत २३, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Curacao lisanslı platformlarda dolandırıcılık tespiti ortalama 1 milyon işlemde 3’tür; bu, Bahsegel güncel adres’in yüksek güvenlik düzeyini gösterir.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

स्थानीय पहिचान झल्काउने ‘स्तम्भ’

आइतवार, पौष २०, २०८२

तेह्रथुम, २० पुस : वसन्तपुर बजार गुराँसको राजधानी तिनजुरे–मिल्के–जलजले (टिएमजे)क्षेत्र प्रवेश गर्ने प्रवेशद्वार हो । यहाँस्थित लालीगुराँस नगरपालिकाको सेवा केन्द्र रहेको पर्यटकीय बजार पुग्दा मुख्य चोकको बीच सडकमा निर्मित लालीगुराँसको स्तम्भले सबैभन्दा पहिले स्वागत गर्छ । स्तम्भले गुराँसको राजधानी टिएमजे क्षेत्र पुगेको सङ्केत गर्छ ।

यो स्तम्भ २०७१ सालमा तत्कालीन पर्यटन कार्यालय काँकरभिट्टाको रु तीन लाख र स्थानीयको सहयोग गरी कुल रु पाँच लाख ८५ हजार बजेटमा निर्माण गरिएको हो । लालीगुराँस स्तम्भ लालीगुराँस नगरपालिकाको पहिचानजस्तै बनेको पूर्वप्रदेशसभा सदस्यसमेत रहनुभएका लालीगुराँस संरक्षण अभियन्ता लक्ष्मण तिवारीले बताउनुभयो । गुराँस याममा मात्रै फुल्छ, तर यहाँ पुग्ने पर्यटकलाई गुराँसको सदाबहार विम्ब देखाउन लालीगुराँस स्तम्भ निर्माण गरिएको उहाँले बताउनुभयो ।

कोशी प्रदेशको पहाडी जिल्ला तेह्रथुममा स्थानीय पहिचान झल्काउन र स्थान विशेषको विशेषता बुझाउन ‘स्तम्भ’ निर्माण गर्ने गरिएको छ । स्थान विशेषसँग सम्बन्धित यस्ता स्तम्भले सम्बन्धित ठाउँको पहिचान दिन साथै प्रचारप्रसारमा सहयोग पुगी पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुगेको स्थानीय बताउँछन् । स्थान विशेषको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व साथै स्थानीय विशेषता ती स्तम्भले बोकेका हुन्छन् ।

जिल्ला सदरमुकाम म्याङलुङमा निर्मित मेयङ अर्थात् बिरालोको स्तम्भले म्याङलुङको ऐतिहासिकता बोकेको छ । मेयङ अर्थात् बिरालोको स्तम्भ म्याङलुङको विम्ब हो । परापूर्वकालमा म्याङलुङ नगरपालिका–२ नागदहमा बिरालो आकारको ढुङ्गाको रूपमा प्रकट भएकी शक्तिशाली मेयङलुङ देवीलाई पछि हालको म्याङलुङ बजारमा प्रतिस्थापन गरिएको इतिहास छ ।

यहीँ देवीको नामबाट सदरमुकामको नाम मेयङलुङ हुँदै म्याङलुङ रहन गएको हो । स्थानीय पालिकाको नामसमेत यसै देवीको नामबाट म्याङलुङ नगरपालिका राखिएको छ । यहीँ मेयङलुङको मिथक र ऐतिहासिकतालाई जीवन्त राख्न यो स्तम्भ निर्माण गरिएको स्तम्भ निर्माणको अगुवाइ गरेको किरात याक्थुङ चुम्लुङ तेह्रथुमका तत्कालीन सचिव तेजमान कन्दङवा बताउनुहुन्छ ।

आर्थिक वर्ष २०७२÷७३ मा म्याङलुङ नगरपालिकाको रु पाँच लाख र अन्य सहयोगी दाताको सहयोग गरी करिब रु ३५ लाख लागतमा रेलिङ, सिसी क्यामेरा र घण्टाघण्टामा बिरालोको आवाज निकाल्ने साउन्ड प्रविधिसहितको मेयङलुङ स्तम्भ निर्माण गरिएको थियो ।

स्थानीय पहिचान र विशेषता झल्काउन निर्माण गरिएका यस्ता स्तम्भले पर्यटकलाई आकर्षित गर्ने र उनीहरूमा त्यसबारे जान्ने इच्छा जागृत गराउने स्थानीय बताउँछन् । पर्यटक र यात्रा गर्ने क्रममा यात्रुहरूले यी स्तम्भमा तस्बिर खिच्ने, रिल र टिकटक बनाई सामाजिक सञ्जालमा पोष्ट गर्दा यी स्थानको प्रचारप्रसार र पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुगेको स्थानीयको भनाइ छ । सदरमुकाम म्याङलुङमा मेयङलुङको स्तम्भ निर्माण गरिएपछि मानिसहरूको चहलपहल बढेको म्याङलुङकी स्थानीय कल्पना ल्वागुनले सुनाउनुभयो ।

विशेषतः मध्यपहाडी लोकमार्गमा पर्ने बजार र चोकहरूमा यस्ता स्तम्भ निर्माण गरिएका छन् । स्थानीय बजार र गाउँठाउँको इतिहास र चिनारी झल्काउनेमात्र होइन स्थानीय कृषि उपजको प्रचारप्रसार र प्रवर्द्धन गर्न पनि स्तम्भ निर्माण गरिएका छन् । स्थानीय कृषि उपज लसुनको लागि प्रख्यात लसुने बजारमा लसुनको स्तम्भ निर्माण गरिएको छ । लालीगुराँस नगरपालिका वडा नं ७ र ९ को सङ्गमस्थलमा पर्ने लसुने बजारमा देश–विदेशमा रहेका लसुनेवासीको सहयोगमा २०७२ सालमा लसुनको स्तम्भ निर्माण गरिएको स्थानीय हिमबहादुर खत्रीको भनाइ छ । बजारको मध्यभागमा मध्यपहाडी लोकमार्ग सडकसँगै रहेको ‘लसुन स्तम्भ’ देखेरै धेरैले यो ठाउँको नाम र विशेषता थाहा पाउने गरेको उहाँले बताउनुभयो ।

त्यस्तै, म्याङलुङ नगरपालिका–९ स्थित हलिमेला बजारमा पनि काँधमा हलो बोकेको हलीको स्तम्भ निर्माण गरिएको छ । म्याङलुङ नगरपालिका र स्थानीयको सहयोगबाट निर्माण गरिएको स्तम्भको गएको वैशाखमा उद्घाटन गरिएको थियो । खेतैखेत रहेको हलिमेलामा पहिले खेतीपाती गर्ने क्रममा हलीहरू बस्दथे । पछि उनीहरुले नै यहाँ मेला लगाउने प्रचलनसमेत सुरु गरे । अहिले पनि हरेक वर्ष वैशाख १, २ र ३ गते हलीमेलामा मेला लाग्छ । त्यसैले यो ठाउँको नाम हलीमेला रहन गएको बताइन्छ । हलीमेलाको यहीँ ऐतिहासिकतालाई अक्षुण राख्न स्तम्भ निर्माण गरिएको स्थानीय खगेन्द्र तामाङले बताउनुभयो ।

सदरमुकाम म्याङलुङको टुँडिखेलमा ढाका बुनिरहेको महिलाको स्तम्भ निर्माण गरिएको छ । यसले २०७९ सालमै ढाकाको राजधानी घोषणा गरिएको तेह्रथुमे ढाकाको लोकप्रियतालाई उजागर गर्छ । प्रदेश सरकार र नगरपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको यो स्तम्भले स्थानीय ढाका बुन्ने महिलाहरूको सम्मान भएको म्याङलुङ नगरपालिकाका उपप्रमुख जमुना कार्की सुवेदीले बताउनुभयो ।

यसरी निर्माण गरिएका स्तम्भले इतिहास र परम्परालाई जीवन्त राख्न, स्थानीय विशेषता र महत्व दर्शाउन साथै पर्यटन प्रवर्द्धन गर्न सहयोग पुगेको जिल्लावासी बताउँछन् । यसका लागि स्थानीय सरकार र स्वयं स्थानीयसमेत एकजुट हुने गरेका छन् । पर्यटन प्रवर्द्धन र मौलिकता संरक्षणका लागि अपनाइएको यो शैली सुन्दर र प्रभावकारी बनेको किरात याक्थुङ चुम्लुङ तेह्रथुमका सचिव राजकुमार तेयुङले बताउनुभयो ।

सम्बन्धित खबर