काठमाडौँ, २० पुसः नेपाली बजारमा आइतबार सुन तोलामै २१ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला दुई लाख ६० हजार ४०० रुपैयाँ छ । गत साताको अन्तिम दिन शुक्रबार (पुस १८) मा प्रतितोलामा दुई लाख ६२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार यस दिन चाँदी तोलाको २५ रुपैयाँले घटेर चार हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार भने चार हजार ५२५ रुपैयाँ थियो ।




