बिहिवार, फागुन ७, २०८२
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında deneyim ve yeniliği bir arada sunan bettilt farkını kanıtlıyor.

Güçlü teknik altyapısıyla kesintisiz hizmet sunan bettilt stabil performans sağlar.

Dijital ortamda kazanç sağlamak isteyenler bettilt sistemlerini tercih ediyor.

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

महारानी ट्युसन सेन्टरका विद्यार्थीलाई न्यानो कपडा वितरण

आइतवार, पौष २०, २०८२

मोरङ, २० पुस : मोरङको पथरी शनिश्चरे नगरपालिका ४ मा रहेका ३१ जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ।

महारानी ट्युसन सेन्टरमा अध्ययनरत बालबालिकालाई चिसोबाट जोगाउने उद्देश्यले न्यानो कपडा वितरण गरिएको हो।

नासिर आउटसोर्सिङ कन्सल्टेन्सीको आर्थिक सहयोगमा अनाथ, विपन्न तथा आर्थिक रूपमा अत्यन्त कमजोर अवस्थाका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको सहयोगी मनहरू नेपालका सचिव विष्णु उप्रेतीले जानकारी दिनुभयो।  पथरी शनिश्चरे नगरपालिकाका पूर्व नगर प्रमुख दिलिपकुमार राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

जाडोयाममा न्यानो कपडाको अभावका कारण बालबालिकालाई विद्यालय जान कठिनाइ नहोस् भन्ने उद्देश्यले दाताहरूसँग समन्वय गरी न्यानो कपडा वितरण गरिएको सहयोगी मनहरू नेपालका अध्यक्ष भीमप्रसाद आचार्यले बताउनुभयो।

कार्यक्रमको अवसरमा आर्थिक सहयोग उपलब्ध गराउने वीरेन्द्रकुमार राउत तथा उहाँकी धर्मपत्नी विष्णुमाया राउतलाई सम्मान गरिएको थियो।

कार्यक्रममा महारानी ट्युसन सेन्टर, न्यु बराल फेन्सी स्टोर दमक तथा पाथिभरा ट्रेडर्स, गौतम स्टोरको विशेष सहयोग रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा पथरी शनिश्चरे नगरपालिका–४ का वडाध्यक्ष लोककिरण न्यौपाने, वडा सदस्य मीना विश्वकर्मा, महारानी ट्युसन सेन्टरका पदाधिकारीहरू तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

सामाजिक सेवामा सक्रिय सहयोगी मनहरु नेपालले देशका विभिन्न क्षेत्रमा पुगेर अनाथ, असहाय तथा विपन्नहरुलाई आवश्यकता अनुसारको सहयोग उपलव्ध गराउँदै आएको छ ।

सम्बन्धित खबर