बिहिवार, फागुन ७, २०८२
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında deneyim ve yeniliği bir arada sunan bettilt farkını kanıtlıyor.

Güçlü teknik altyapısıyla kesintisiz hizmet sunan bettilt stabil performans sağlar.

Dijital ortamda kazanç sağlamak isteyenler bettilt sistemlerini tercih ediyor.

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

‘एकका लागि एक अभियान’द्वारा दाताहरूलाई सम्मान

आइतवार, पौष २०, २०८२

बिर्तामोड, २० पुस : ‘एकका लागि एक अभियान’ले विपदको समयमा सहयोग गर्ने दाताहरुलाई आज बिर्तामोडमा सम्मान गरेको छ ।

अभियानलाई सहयोग गर्ने जिल्लामा क्रियाशील विभिन्न संघ–संस्था तथा सामाजिक कार्यमा महत्वपूर्ण योगदान पुर्याउने ४० जना भन्दा बढीलाई एकैसाथ सम्मान गरेको हो ।

कोरोना संक्रमणको समयमा एक परिवारले अर्को एक परिवारलाई सहयोग गर्ने अवधारणासहित सामाजिक अभियान्ता महेन्द्रकुमार गिरीको परिकल्पनामा शुरु भएको एकका लागि एक अभियानले आय–व्यय सार्वजनिक गर्दै तत्कालिन झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीसहित विभिन्न व्यक्तित्वलाई सम्मान गरेको हो ।

हाल काभ्रेपलान्चोकका प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत अधिकारीलाई झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, अभियानका संयोजक महेन्द्रकुमार गिरीलगायतले संयुक्त रूपमा सम्मानपत्र प्रदान गर्नु भएको थियो ।

गत साउन १८ र १९ गते अविरल वर्षापछि झापा र इलाममा आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याएको थियो । उक्त विपद्का बेला ‘एकका लागि एक अभियान’ को माध्यमबाट राहत तथा उद्धारमा उल्लेख्य योगदान पुर्याउने संघ–संस्था र दाताहरूलाई कदरपत्रद्वारा सम्मान गरिएको हो । बाढी–पहिरोका कारण पाँच हजार पाँच सयभन्दा बढी परिवारका २५ हजारभन्दा बढी नागरिक विस्थापित भएका थिए ।

उक्त संकटका बेला जिल्ला विपद् व्यवस्थापन समिति संयोजक तथा तत्कालिन प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको आग्रहमा अभियान सक्रिय भई प्रभावित क्षेत्रमा उद्धार र राहत कार्यमा जुटेको थियो ।

अभियानको अगुवाइ र समन्वयमा करिब दुई हजार परिवारलाई प्रति परिवार तीन हजारदेखि तीन हजार पाँच सय रुपैयाँ बराबरको खाद्य तथा गैर–खाद्य सामग्रीको प्याकेट तयार गरी वितरण गरिएको थियो । यसअन्तर्गत इलामका एक सय पचास परिवारलाई प्रत्यक्ष राहत प्रदान गरिएको संयोजक गिरीले जानकारी दिनुभयो।

 

त्यसैगरी विभिन्न दाताको सहयोगमा सात सय परिवारका लागि सरसफाइ सामग्रीसहित पाँच सय प्याकेट हाइजिन किट, तीन सय थान सेन्टर किट तथा दुई सय थान ब्ल्याङ्केट वितरण गरिएको थियो ।

प्रभावितलाई एकद्वार प्रणालीबाट समान प्रकृतिका सामग्री उपलब्ध गराउन अभियानले जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गर्दै सहयोग गरेको जनाइएको छ ।

अभियानले सामग्री संकलन, प्याकिङ र व्यवस्थापन गरी जिल्ला विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गर्ने र समितिले स्थानीय सरकारसँगको समन्वयमा राहत वितरणलाई व्यवस्थित बनाएको थियो ।

 

सम्बन्धित खबर