मङ्गलवार, चैत २४, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Curacao lisanslı platformlarda dolandırıcılık tespiti ortalama 1 milyon işlemde 3’tür; bu, Bahsegel güncel adres’in yüksek güvenlik düzeyini gösterir.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

इक्यान झापाको सातौं स्थापना दिवस सम्पन्न

सोमवार, पौष २१, २०८२

बिर्तामोड,२१ पुस : नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले आफ्नो सातौं स्थापना दिवसका अवसरमा सुस्त मनस्थिति सरोकार समाज नेपालमा खाद्यन्नसहित नगद सहयोग गरेको छ । झापाको कनकाई –१ जमुनवारीस्थित सुस्त मनस्थिति सरोकार समाज नेपालको बालआवास गृहमा पुगेर खाद्यन्नसहित नगद हस्तान्तरण गरेको हो ।

इक्यान झापाका अध्यक्ष राजकुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा इक्यान केन्द्रिय अध्यक्ष शेषराज भट्टराईको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा बोल्दै केन्द्रिय अध्यक्ष भट्टराईले इक्यान जहिले पनि सामाजिक सेवा तथा सामाजिक कार्यका क्षेत्रमा अग्रसर हुने संस्था रहेको भन्दै आफ्नो स्थापना दिवसका अवसरमा इक्यान झापाले उत्कृष्ट कार्य गरेको भन्दै प्रशंसा गरे । उनले सुस्त मनस्थिति सरोकार समाज नेपालमा रहेका बौद्धिक अपाङ्गता भएका बालबालिकाको सहयोगका लागि आफ्नो ब्यक्तिगत रुपमा २१ हजार नगद सहयोग गरे । उनले आगामी दिनमा समेत शैक्षिक परामर्श ब्यवसायीहरुको साथ र सहयोग रहने प्रतिबद्धता जनाए ।

कार्यक्रममा बोल्दै इक्यान झापाका संस्थापक अध्यक्ष एवम् प्रमुख सल्लाहकार सुमन शर्मा जमरकट्टेलले इक्यान झापाले आफ्नो स्थापना दिवसका अवसरमा सामाजिक उत्तरदायित्व अन्तरगत बौद्धिक अपाङ्गता भएका बालबालिकालाई सहयोग गरेको भन्दै प्रशंसा गरे । उनले इक्यान झापाले सामाजिक क्षेत्रमा गरेको कामले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको उल्लेख गरे ।

कार्यक्रममा इक्यान झापाका उपाध्यक्ष एवम् सामाजिक उत्तरदायित्व (सीएसआर) विभाग प्रमुख अशोक भण्डारीले शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आएको इक्यान झापाले स्थापना दिवसका अवसरमा सामाजिक उत्तरदायित्व अन्तरगत धेरै कामहरु गरिरहेको बताए । उनले झापाका १५ वटै स्थानामा कम्तिमा एक–एक कार्यक्रम गर्ने बताए । सुस्त मनस्थिति सरोकार समाज नेपालमा रहेका बालबालिकालाई इक्यान झापाले थोरै भए पनि खाद्यन्न सहयोग गरेको र आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने बताए ।

सुस्त मनस्थिति सरोकार समाज नेपालकी अध्यक्ष भागिरथा चापागाईँ पोखरेलले स्थानीय, प्रदेश सरकारले केही हदसम्म सहयोग गरेपनि अझै धेरै सहयोगको आवश्यकता रहेको बताइन् । उनले इक्यान झापाले आफ्नो स्थापना दिवसका अवसरमा सहयोग गरेको भन्दै धन्यवाद दिइन् । उनले शैक्षिक परामर्श ब्यवसायीहरुलाई बैद्धिक अपाङ्गता भएका बालबालिकाका लागि शिक्षामा सहयोग गरिदिन आग्रह गरिन् । उनले २०६८ सालमा स्थापना गरेको संस्थाले हालसम्म ३६ जना बालबालिकाको उद्धार गरेर परिवारको जिम्मा लगाउन सफल भएको बताइन् । हाल १७ जना बालबालिका रहेको र उनीहरुलाई तीन जना सहयोगिहरुले स्यारसुसार गर्दै आएको अध्यक्ष पोख्रेलले जानकारी दिइन् । उद्धार गरिएका मध्ये सात जनाले अकालमा नै ज्यान गुमाएको बताइएको छ ।

उनीहरुको उपचारमा स्थानीय तथा प्रदेश सरकारसंगै विभिन्न संघ–संस्था र मनकारी ब्यक्तिहरुले सहयोग गर्ने गरेको बताइन् । उनले मृत्यु भएका बालबालिकाको उनीहरुको संस्कार अनुसार आफैंले काजकिरिया गरिदिने गरेको पोख्रेलले बताइन् । हिंसा पिडित र अभिभावक बिहीन बालबालिकाको उद्धार गर्दै २०७१ सालबाट बालगृह सञ्चालनमा ल्याएको उनले जानकारी दिइन् । झापासहित इलाम, उदयपुर, भोजपुर, मोरङ लगायतका जिल्लाका बालबालिका रहेको बताइएको छ ।

स्थानीय समाजसेवी मातृकाप्रसाद सिटौलाले निःशुल्क उपलब्ध गराएपछि सो स्थानमा बालआवास गृहको निर्माण भएको पोख्रेलले जानकारी दिइन् । स्थानीयले केही जग्गा उपलब्ध गराएकाले तरकारी खेती समेत गरेको उनको भनाई छ । सुस्त मनस्थिति सरोकार समाज नेपालकी अध्यक्ष पोखरेलले वेवारिसे अवस्थामा रहेका , विपन्न , आमावुवाले छाडेर गएका बौद्धिक अपाङ्गता भएका वालवालिकालाई प्रहरी , महिला विकास कार्यालयका प्रतिनिधीलगायतले आफ्नो संस्थामा ल्याउने गरेको बताइन् । ती बौद्धिक अपाङ्गता भएका वालवालिकालाई भरणपोषण गर्न समेत वजेट अभाव भएको उनले वताइन् । उनले मासिक रुपमा करिब ६० हजार खर्च हुने गरेको जानकारी दिइन् । अध्यक्ष पोखरेलले इक्यान झापासहित सिंगो टिमलाई धन्यवाद दिँदै आगामी दिनमा समेत सहयोग गरिदिन आग्रह गरिन् ।

कार्यक्रममा इकयान झापाका अध्यक्ष कार्कीले आगामी दिनमा समेत सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले आफ्नो ब्यक्तिगत तर्फबाट ११ हजार नगद सहयोग गरेका छन् । कार्यक्रममा ३२ हजार नगदसहित खाद्यन्न सहयोग सामग्री सहयोग गरिएको थियो । कार्यक्रमको सञ्चालन इक्यान झापाका सचिव विशाल सिटौलाले गरेका थिए । यसैबीच इक्यान झापाले सातौं स्थापना दिवसका अवसरमा वनभोज कार्यक्रम समेत सम्पन्न गरेको छ ।

सम्बन्धित खबर