Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
कोशी प्रदेश सरकारमा मन्त्रालय हेरफेर, कांग्रेसबाट चार मन्त्री शपथ लिँदै
मङ्गलवार, पौष २२, २०८२
विराटनगर, २२ पुसः कोशी प्रदेश सरकारमा मन्त्रालयको हेरफेर गरिएको छ। सत्ता साझेदार नेपाली कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको जिम्मेवारी तोकिएको छ।
मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा कांग्रेसबाट भीम पराजुलीलाई वन तथा वातावरण मन्त्रालय, मानबहादुर लिम्बूलाई स्वास्थ्य मन्त्रालय र प्रदीप सुनुवारलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।
साथै, इस्राइल मन्सुरी पनि मन्त्री बन्ने भएका छन्। नवनियुक्त मन्त्रीहरूको शपथग्रहण आज साँझ ४ हुनेछ।
एमाले र कांग्रेसको सरकार रहेको कोशीमा आलोपालो सरकार चलाउने सहमती भएको छ। जस अनुसार अबको सात महिनापछि कांग्रेसका मुख्यमन्त्री बन्नेछन्।