काठमाडौँ, २२ पुसः नेकपा एमालेले प्रदेश तथा निर्वाचन संयोजकको जिम्मेवारी बाँडफाँड गरेको छ ।
सोमबार बसेको पार्टी सचिवालय बैठकले प्रदेश र निर्वाचनको संयोजन गर्ने गरी नेताहरूलाई जिम्मेवारी दिएको उपमहासचिव लेखराज भट्टले बताउनुभयो।
बैठकले कोशी प्रदेशको संयोजकमा शेरधन राईलाई जिम्मेवारी दिएको छ । मधेश प्रदेशको संयोजकमा लीलानाथ श्रेष्ठ चयन हुनुभएको छ।
बागमती प्रदेशको संयोजक महेश बस्नेत तोकिएका छन् । राजधानी विशेष क्षेत्रको संयोजकमा डा. राजन भट्टराईलाई जिम्मेवारी दिइएको छ ।
गण्डकी प्रदेशको संयोजकमा खगराज अधिकारी चयन हुनुभएको छ। कर्णाली प्रदेशको संयोजक यामलाल कँडेललाई तोकिएको छन् ।
सुदूरपश्चिम प्रदेशको संयोजकमा गणेश ठगुन्नालाई जिम्मेवारी दिइएको छ । संगठन विभागको जिम्मेवारी भने भानुभक्त ढकाललाई दिइएको छ ।




