सोमवार, फागुन ११, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

युरो किड्सद्वारा ‘युरो मास्टर सेफ कम्पिटिसन’को आयोजना

मङ्गलवार, पौष २२, २०८२

बिर्तामोड, २१ पुस : झापाको बिर्तामोडस्थित भगवान चोक दक्षिणमा रहेको प्रतिष्ठित शैक्षिक संस्था युरो किड्स प्री स्कूलले बालबालिकाको सिर्जनात्मक क्षमता उजागर गर्न ‘युरो मास्टर सेफ कम्पिटिसन’ आयोजना गर्ने भएको छ ।

पुस २५ गते विद्यालय परिसरमा सञ्चालन हुने प्रतियोगितामा ‘फायरलेस कुकिङ’ (आगोको प्रयोग नगरी खाना पकाउने) अभ्यास गराइने प्री स्कूलले जनाएको हो । नानीबाबुलाई भान्छा र खानपानको कलासँग जोड्न आयोजना गरिएको प्रतिस्पर्धामा आमाका साथमा नानीबाबुहरू सहभागी हुनेछन् ।
युरो किड्सका बाहेक समुदायबाट समेत नानीबाबुहरू आफ्नो आमाका साथमा कम्पिटिसनमा सहभागी हुन सक्ने व्यवस्था मिलाइएको छ । समुदायका अन्य इच्छुक नानीबाबु आमाको साथमा फायरलेस कुकिङ कम्पिटिसनमा सहभागी हुन पाउने प्री स्कूलकी प्रिन्सिपल सुनिता केसीले बताइन् ।

'फायरलेस कुकिङ बालबालिकाका लागि पूर्णतः सुरक्षित, रमाइलो र सिकाइमुखी अभ्यास हो', प्रिन्सिपल केसीले भनिन्, ‘यो अभ्यासले बालबालिकामा आत्मनिर्भरता र आत्मविश्वास मात्र जगाउँदैन, उनीहरूलाई रङ, स्वाद र स्वस्थ खानपानको महत्वबारे समेत जानकारी दिन्छ ।’

प्रतियोगितामा सहभागी नानीबाबुले आफ्ना आमासँग मिलेर आगोको प्रयोग नगरी विभिन्न परिकार बनाउन सक्नेछन् । आफूमा भएको ज्ञान तथा क्षमतालाई बालबालिकाले पूर्णरूपमा प्रयोग गर्न सक्ने, नयाँ र उपयोगी सिकाई प्राप्त गर्ने अपेक्षासहित फायरलेस कुकिङ प्रतिस्पर्धा गराउन लागिएको प्रिन्सिपल केसीले बताइन् ।

सामान्यतया नानीबाबुहरूले फायरलेस कुकिङ अभ्यासमा लड्डु, चटपटे, पानीपुरी, स्यान्डविच, बर्गर र फ्रुट सलाद जस्ता परिकार बनाउने गर्छन् । नानी बाबुले उमेरअनुसार केराको बोक्रा ताछ्ने, फलफूलको सलाद बनाउने, ब्रेडमा जाम-बटर लगाउने, दही र चिनी मिसाउने लगायतका सरल र उपयोगी अभ्यास पनि गर्दै आएका छन् ।
नयाँ र फरक खालको परिकार बनाउन प्रेरित र प्रोत्साहित गर्ने उद्देश्यले विद्यालयभित्र र बाहिरका समेत नानीबाबुहरू र उनीहरूका आमाका साथमा प्रतिस्पर्धा आयोजना गरिएको विद्यालयकी कोर्डिनेटर प्रियंका झावरले बताइन् ।

निर्णायकमा चर्चित फुड ब्लगर

कार्यक्रमलाई थप स्तरीय र रोचक बनाउन चर्चित फुड ब्लगर श्वेता बुढाथोकी निर्णायकका रूपमा रहने प्री स्कूलले जनाएको छ । ‘उत्कृष्ट परिकार बनाउने नानीबाबु र उनीहरूका आमालाई प्रमाणपत्रका साथै आकर्षक उपहार प्रदान गरिनेछ’, कोर्डिनेटर झावरले भनिन् ।

बहुआयामिक सीपको विकास

प्री स्कूलका अनुसार फायरलेस कुकिङले बालबालिकाको हात र आँखाको समन्वय र सरसफाइप्रतिको सचेतना बढाउँछ । सामूहिक रूपमा काम गर्दा बालबालिकामा पालो कुर्ने, मिलजुल गर्ने र नेतृत्व लिने जस्ता सामाजिक तथा भाषिक सीपको समेत विकास हुने विश्वास युरो किड्सले लिएको छ ।
प्रिन्सिपल केसीले युरो किड्समा अध्ययनरत बाहेक बाहिरका बालबालिका र अभिभावकलाई पनि यो कम्पिटिसनमा सहभागी हुन अपिल गरेकी छन् । युरो किड्समा हाल ४३ जना नानीबाबु अध्ययन गरिरहेका छन् ।

मनोरञ्जन र शिक्षाको उत्कृष्ट संगम हुने ‘युरो मास्टर सेफ’ ले बालबालिकालाई सिर्जनशील बन्न र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर