शुक्रवार, चैत २७, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Curacao lisanslı platformlarda dolandırıcılık tespiti ortalama 1 milyon işlemde 3’tür; bu, Bahsegel güncel adres’in yüksek güvenlik düzeyini gösterir.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

मेचीनगरका १० विद्यालयमा लैङ्गिक हिंसा विरुद्व सचेतना

मङ्गलवार, पौष २२, २०८२

मेचीनगर, २२ पुस । मेचीनगर नगरपालिकाले विद्यालयमा हुन सक्ने लैङ्गिक हिंसा विरुद्वको सचेतनामुलक कार्यक्रम गरेको छ ।

नगरपालिकाको महिला, बालबालिका तथा समाजकल्याण शाखाले लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजना अन्तरगत पुरुष सञ्जाल मार्फत विद्यालयमा गएर विद्यार्थीहरुलाई अन्तरक्रिया कार्यक्रम गरेको हो ।

नगरका दश वटा सामुदायिक विद्यालयमा लैङ्गिक हिंसा सम्बन्धी अभिमुखीकरण तथा छलफल कार्यक्रम गरिएको छ ।

मेचीनगर–२ को भानु मावि, ३ नम्बर वडाको जनता मावि, ४ नम्बर वडाको सरस्वती मावि, वडा नम्बर ६ को काँकरभिट्टा मावि, ७ नम्बरको अरनिको मावि र आदर्श मावि, ११ नम्बर वडाको बलभद्र जनता मावि, १३ नम्बर वडाको शहिद दशरथ चन्द मावि, १४ नम्बर वडाको सरस्वती बाल कल्याण मावि र वडा नम्बर १५ को ज्यामिरगढी माविका कक्षा ९ र १० का विद्यार्थीहरुसँग अन्तरक्रिया कायक्रम गरिएको थियो ।

यही पुस ६ गतेदेखि २२ गतेसम्म सञ्चालन गरिएको लैङ्गिक हिंसा विरुद्वको सचेतनामुलक कार्यक्रममा नगरपालिकाको महिला तथा बालबालिका शाखा, लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजना, नगरपालिकाले गठन गरेको पुरुष सञ्जाल, इलाका प्रहरी कार्यालय काँकरभिट्टा, शिक्षक, विद्यालय व्यवस्थापन समिति लगायतको सहकार्य रहेको थियो ।

१० वटा विद्यालयका विद्यार्थीहरुलाई महिला तथा बालबालिका शाखा प्रमुख जयन्ती खरेल, लैङ्गिक हिंसा प्रतिकार्य विज्ञ कमला उप्रेती, केश म्यानेजर अरुणा चौधरी, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक विरेन्द्र कोइराला, प्रहरी नायव निरीक्षक मिलनकुमारी राई, पुरष सञ्जाल मेचीनगरका संयोजक मोहन काजी, नगरका सदस्यहरु, दश वटै वडाका पुरुष सञ्जालका सदस्यहरुले प्रशिक्षणसहितको अन्तरक्रिया गर्नुभएको थियो ।

विद्यालय हाताभित्र, आउँदा–जाँदा, बाटोमा, पुलमा, एकान्त ठाउँमा, सवारीसाधानमा, बस पर्खने, चढ्ने, चिया पसल, फलैंचा, वारीपरि हुने यौनजन्य हिंसा, शारीरिक, मनोवैज्ञानिक, दुव्र्यवहार गर्ने, जिस्काउने, धाक, धम्की दिने लगायतका कार्य लैङ्गिक हिंसा भएकोले त्यसैको सचेतनाका लागि विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको थियो ।

विद्यार्थीहरुलाई हुनसक्ने यस्ता घट्नाको उजुरी विद्यालयमा विरलै आउने गरेको छ । सामाजिक लाञ्छना, विभेद, सचेतनाको कमी, विद्यालयमा प्रभावकारी उजुरी संयन्त्र नभएका कारण यस्ता घट्नाहरु ओझेलमा पर्ने गरेका छन् ।

यस्ता घट्नाको रोकथामका उपायहरु सुदृढ पार्न, सुरक्षित, समावेशी सिकाईको बातावरण सुनिश्चित गर्न, उजुरी तथा रिफरल संयन्त्रलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन, अभिभावक र समुदायलाई समेत सक्रिय गराउँन नगरपालिका लागिरहेको विज्ञ उप्रेतीको भनाई छ ।

सम्बन्धित खबर