Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
एक्टिभ नाइनद्वारा बटुकलाई न्यानो कपडा वितरण
मङ्गलवार, पौष २२, २०८२
झापा, २२ पुस : एक्टिभ नाइनले आफ्नो आठौँ स्थापना दिवसको अवसर पारेर मंगलबार बिर्तामोड-६ स्थित श्री हरिहर आश्रम गुरुकुलम्मा अध्ययनरत बटुकहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
२०७४ सालमा स्थापित बिर्तामोडका नौ युवाहरुको समूह एक्टिभ नाइनले २३ बटुकहरुलाई न्यानो कपडा वितरण गरेको हो । कार्यक्रममा समूहका अध्यक्ष गोविन्द निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा हरिहर आश्रम गुरुकुलका पूर्वअध्यक्ष दाताराम तिम्सिनाको प्रमुख आतिथ्यता रहेको थियो ।
संस्थाका सचिव भानु खनालले सञ्चालन गर्नुभएको कार्यक्रमको सहजीकरण देवीप्रसाद अधिकारीले गर्नु भएको थियो । कार्यक्रममा एक्टिभ नाइन लेडीकी देवका कोइराला, विद्यापिठका अध्यक्ष अभिचन्द्र पोखरेल लगायतले मन्तव्य राख्नुभएको थियो । सोही अवसरमा गुरुकुलका बटुकहरुलाई खाजा समेत खुवाइएको थियो ।
एक्टिभ नाइनले यसअघि झापामै पहिलो पटक शङ्ख ध्वनि प्रतियोगिता, नौमती बाजाको संरक्षण कार्यक्रम, रक्तदान, ज्येष्ठ नागरिकलाई लौरो वितरण लगायत विविध सामाजिक योगदानका कार्यक्रमहरु सञ्चालन गर्दै आएको समूहका सदस्य रोहित भट्टराईले जानकारी दिनुभयो ।