सोमवार, फागुन ११, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

चन्द्रगढी विमानस्थलमा भएको जहाज दुर्घटना छानबिन गर्न दुई समिति

बिहिवार, पौष २४, २०८२

काठमाडौँ, २४ पुस । झापाको चन्द्रगढी विमानस्थलमा भएको जहाज दुर्घटनाका विषयमा दुई छुट्टाछुट्टै समितिले छानबिन गर्ने भएका छन् ।

शुक्रबार काठमाडौँबाट उडेको बुद्ध एयरको जहाज अवतरणका क्रममा धावनमार्गबाट बाहिर गएर भएको दुर्घटनाको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले छुट्टाछुट्टै अनुसन्धान गर्ने भएका हुन् । मन्त्रालयका सहायक प्रवक्ता गोकर्णप्रसाद उपाध्यायका अनुसार सोमबार बसेको मन्त्रीपरिषद् बैठकको निर्णय अनुसार समिट एयरमा कार्यरत वरिष्ठ क्याप्टेन विनोद पुरीलाई अनुसन्धानकर्ताका रूपमा नियुक्त गर्दै मन्त्रालयस्तरीय छानबिन समिति गठन गरेको छ ।

गैरसैनिक हवाई उडान नियमावली, २०७१ अनुसार क्याप्टेन पुरीले आवश्यकता अनुसार विषयगत विज्ञ समेटी दुर्घटना अनुसन्धान गर्ने छन् ।

यसअघि प्राधिकरणले फ्लाइट सेफ्टी विभागमा कार्यरत वरिष्ठ क्याप्टेन रूपकुमार सिद्धीको संयोजकत्वमा समिति गठन गरेर छानबिन अघि बढाएको छ । प्राधिकरणले आन्तरिक रूपमा अघि बढाएको छानबिन समितिमा उपनिर्देशक मुकेश दाहाल, फ्लाइट सेफ्टी विभागका उपप्रबन्धक विधान श्रेष्ठ, सेफ्टी म्यानेजमेन्ट डिभिजनका प्रबन्धक लक्ष्मण देवकोटा तथा एरोड्रम सेफ्टीका उपप्रबन्धक योगेश पुडासैनी सदस्य रहेका छन् । 

समितिले निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णसमक्ष ३५ दिनभित्र प्रतिवेदन बुझाउने समयसीमा पाएको छ । छानबिन समितिलाई दुर्घटनाका कारण पहिल्याउनुका साथै आगामी दिनमा अपनाउनुपर्ने उड्डयन सुरक्षाका विषयमा सुझावसहितको प्रतिवेदन बुझाउने कार्यदेश रहेको छ ।

सम्बन्धित खबर