काठमाडौं, २४ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका कारण पार्टी विभाजन नहुने बताउनिभएरो छ ।
बिहीबार सामाजिक संजालमार्फत महामन्त्री शर्माले विशेष महाधिवेशनले पार्टीलाई अझ बलियो बनाउने बताउनुभएको हो । उहॉंले विशेष महाधिवेशन बाध्यकारी भएकाले यो वैधानिक रहेको बताउनिभयो ।
उहॉंले अहिलेको नेपाल भदौ २४ अघिको नभएको भन्दै नयाँ सोचका साथ अघि बढ्नु पर्ने बताउनुभयो ।
उहॉंले भन्नुभएको छ, ‘नेपाली काँग्रेसको पहिलो बिशेष महाधिवेशनले नेपाली काँग्रेसलाई त्यो समयको सही मार्गमा सही ढंगले अघि बढ्न दुरदृष्टि र दृढ इच्छाशक्ति दिएको थियो । दोस्रो विशेष महाधिवेशन भिन्न राष्ट्रिय परिस्थिति र भिन्न आन्तरिक अवस्थाका बीचमा भइरहेको छ । यो संवेदनशील र ऐतिहासिक घडीमा हामीले एकातर्फ आन्तरिक एकतालाई सुदृढ बनाउने कार्य गरेर पार्टीभित्र नवीन आत्मविश्वास भर्नुछ । अर्कोतर्फ आजको नेपाल र अबको नेपालका बारे सुझबुझपुर्ण दृष्टि, योजना र संकल्प अघि सारेर मुलुकको विश्वास जित्न नयाँ ढंगले अघि बढ्नुछ ।’




