शनिवार, मंसिर ८, २०८१
Nayapaper | अनलाइन पत्रिका

कन्काई हस्पिटल बिर्तामोडका डाक्टर निरज यादवको सवारी दुर्घटनामा मृत्यु

मङ्गलवार, भदौ १२, २०८०

बिर्तामोड । कन्काई हस्पिटल बिर्तामोडमा कार्यरत डाक्टर निरज यादवको दुर्घटनामा मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत उर्लाबारीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक डा.यादवको आज विहान मृत्यु भएको हो ।
बिहान ६ बजेर १५ मिनेटमा उर्लाबारी– ४ स्थित ऊं सत्य साई पेट्रोल पम्प नजिकै पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको यादवले चलाएको प्र १–०२–०५२ प ४२४१ नम्बरको मोटरसाइकललाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र–३–००१ क ००९५ नम्बरको टिपरले ठक्कर दिएको थियो ।
दुर्घटनामा घाइते भएका सप्तरी तेरहौता ५ घर भएका २८ वर्षीय डा.यादवको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

ठक्कर दिने टिपर र चालक मेचीनगर नगरपालिका ११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
डा.यादव हस्पिटलमा ड्युटीका लागि घरबाट आउँदै गर्दा दुर्घटनामा परेको बताइएको छ ।

सम्बन्धित खबर