मङ्गलवार, फागुन १२, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

वर्तमान व्यवस्था र संविधान यत्तिकै फाल्न सजिलो छैनः गृहमन्त्री अर्याल

बिहिवार, पौष २४, २०८२

काठमाडौं, २४ पुसः अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान संविधान र व्यवस्था हट्दा देशको जीवनमा ठूलो समस्या आउने बताउनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले यवस्था यत्तिकै फाल्ने र राख्ने सजिलो कुरा नभएको बताउनु भयो । राष्ट्रको जीवन, लोकतान्त्रिक व्यवस्था र संविधान अन्योन्याश्रित रहेको बताउनु भयो । गत भदौ २३ र २४ को जेन–जी प्रदर्शनपछि विस्तारै स्थिति सुदृढिकरण भइरहेको बताउनुभयो ।

 

आफू दण्डहिनताको पक्षमा नरहेको बताउँदै गम्भीर खालका विषयवस्तु छन् भने कारबाहीको दायरामा आउने बताउनु भयो । अन्तरिम सरकारले निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गरेपछि स्थितिको सामान्यीकरण हुने बताउनु भयो । जेन–जीको सम्भmौतामा लेखिएको कुरा नै सही रोडम्याप भएकाले बाहिरबाट संविधान फाल्ने कुरा हुन नसक्ने बताउनु भयो । आफू कुनै सत्ताको मोहले सरकारमा नगएको जिकिर गर्दै आवश्यक परे मर्नुपर्ने पहिलो व्यक्ति हुनका लागि जोखिम लिएर सरकारमा आएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, स्थिति सुदृढिकरण हुँदै गएको छ । मनोबल सुदृढ हुँदै गएको छ । २३ र २४ गतेको घटना भन्दा अघिको मनोबलसँग तुलना गरेर त हुँदैन, त्यहाँबाट यहाँसम्म आएको स्थितिमा पनि ठिकै भयो होला भन्नुस् न । बंगलादेशको हालत के हुँदैछ रु त्यस्तो त हामीले हुन दिएनौँ नि । साँच्चिकै प्रतिशोध लिएर हिरोजम देखाएको भए परिस्थिति अर्कौ हुन्थ्यो । यो सबै कुरा दीर्घकालिन शान्तिको मार्गमा जानुपर्छ । यो राष्ट्र जोगाउनुपर्छ । त्यो बेला राष्ट्रको जीवन नै जोखिममा थियो । राष्ट्रिय सुरक्षा संकट आइसकेको थियो, औपचारिक रुपमा घोषणा नगरेको मात्रै हो ।

एकदिनमात्रै अघि बढेको भए धेरै कुरा अर्कै हुन्थ्यो । एक्लै परेको बेलामा मनोबल बढाइदिन आउनुपर्छ । राम्रो काम गर्दा साथ दिनुपर्छ । म नागरिक भएर पेशामै फर्किन्छु । म दण्डहिनताको पक्षमा छैन । गम्भीर खालका विषयवस्तु छन् भने कारबाहीको दायरामा आउँछन् । संविधानको व्यवस्थालाई पनि बहाली गर्नको लागि अहिले चुनाव अपरिहार्य हो । यो व्यवस्था, संविधान जाँदा देशको भविष्यमा ठूलो धक्का पर्दछ । यो कुरा ख्याल गरौँ । व्यवस्था यत्तिकै फाल्ने र राख्ने सजिलो कुरा होइन । राष्ट्रको जीवन र यो लोकतान्त्रिक व्यवस्था, यो संविधान अन्योन्याश्रित छ ।’ मन्त्री अर्यालले देश नै कालोसूचिमा रहने गरी कुनै अराजकता हुन नदिने बताउनुभयो ।

सम्बन्धित खबर