Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते
शुक्रवार, पौष २५, २०८२
सप्तरी, २५पुस । सप्तरीको खडक नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
नगरपालिकाको वडा नम्बर ४ स्थित कर्मनिया बजारमा बिहीबार राति ८ बजे भएको दुर्घटनामा मोटरसाइकल चालक सुरुङ्गा नगरपालिका वडा नम्बर ८ मल्हनवा घर भएका २४ वर्षीय सुरेश चौधरीको मृत्यु भएको हो ।
पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स.१० प. ५५१७ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडक डाइभर्सनका लागि दायाँतर्फ राखिएको सिमेन्टको ब्लकमा ठोक्किँदा चौधरी गम्भीर घाइते हुनुभएको थियो ।
गम्भीर घाइते उहाँलाई उपचारका लागि सप्तऋषि अस्पताल, लहान पठाइएकोमा पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।
सोही मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २५ वर्षीय सरोज चौधरीको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ ।
उहाँको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक पुरीले बताउनुभयो ।
दुर्घटनामा संलग्न मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।