Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
धार्मिक अशान्ति फैलाउनेलाई कानुनी कारबाही : गृहमन्त्री
शुक्रवार, पौष २५, २०८२
काठमाडौँ, २५ पुस । गृह मन्त्री ओमप्रकाश आर्यालसँग विश्व हिन्दु महासघंका अध्यक्ष अस्मिता भण्डारी लगायत संस्थाका प्रतिनिधिहरुले बिहीबार मन्त्रालयमा धार्मिक क्षेत्रको शान्ति सुरक्षाको विषयको सम्बन्धमा ध्यानाकर्षण गराउनुभएको छ ।
मन्त्रालयमा भएको छलफलमा गृह मन्त्री अर्यालले बहुसांस्कृतिक र बहुजातिय देशमा धार्मिक अशान्ति फैलिने खालका कुनै पनि गतिविधि गर्न नहुने र कसैले गरेमा त्यसलाई कानुन बमोजिम कारबाहीको दायारमा ल्याइने कुरा बताउनुभयो ।
भेटका क्रममा अर्यालले देशमा शान्ति तथा अमन चयन कायम गर्न र एक अर्काको धर्मिक आस्था र विश्वासलाई स्वीकार र सम्मान गर्दै समाजमा धार्मिक सहिष्णुता सामाजिक सद्भाव र अमनचैन कायम राख्न धार्मिक सघं सस्थाहरुको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो ।
छलफलका क्रममा अर्यालले सामाजिक सञ्जालमार्फत फैलाइने धार्मिक असहिष्णुता र भ्रामक खबर तथा सूचनाहरूको नागरिक स्तरबाटै प्रतिवाद गर्न र भ्रामक खबरहरु विरुद्ध समाजिक स्तरमा नै सचेतना फैलाएर समाजमा सामाजिक र धार्मिक सहिष्णुता कायम राख्न अनुरोध गर्नु भएको छ ।