Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
दमकको एक थुक्पा फ्याक्ट्रीमा आगलागी
शुक्रवार, पौष २५, २०८२
झापा, २५ पुसः झापाको दमक नगरपालिकामा सञ्चालित एक थुक्पा फ्याक्ट्रीमा शुक्रबार बिहान भीषण आगलागी भएको छ।
दमक नगरपालिका वडा नं. ९ क्याम्पस मोडस्थित पदम भण्डारीको घरमा सञ्चालित फ्याक्ट्रीमा विद्युत सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ।
आज बिहान ९ः५० बजे पदम भण्डारीले आफ्नै तीनतले पक्की घरको पहिलो तलामा सञ्चालन गर्दै आएको स्वस्तिक थुक्पा फ्याक्ट्रीबाट अचानक आगो सल्किएको थियो । विद्युतीय प्रणालीमा आएको गडबडी (सर्ट सर्किट)का कारण आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ।
आगलागीको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी निरीक्षक योगेशकुमार खड्का र इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायव निरीक्षक यज्ञ श्रेष्ठको कमाण्डमा टोली खटिएको थियो।
सुरक्षाकर्मी, नगर प्रहरी र स्थानीय बासिन्दाको सक्रियता एवं दमक, कमल गाउँपालिका, उर्लाबारी र गौरादह नगरपालिकाका ४ वटा दमकलको संयुक्त प्रयासमा बिहान ११ः१५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ।
आगलागीबाट फ्याक्ट्रीमा रहेका मेसिनरी औजार, कच्चा पदार्थ र अन्य सामानहरूमा क्षति पुगेको छ। यद्यपि, आगलागीबाट भएको यकिन क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ।