मङ्गलवार, फागुन १२, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

शिवसताक्षी नगरपालिकाद्वारा शिक्षक, कर्मचारी र विद्यार्थी सम्मानित

शुक्रवार, पौष २५, २०८२

शिवसताक्षी, २५ पुस। झापा स्थित शिवसताक्षी नगरपालिकाले विभिन्न १३ विधामा नगरका ५८ जना शिक्षक, विद्यालय कर्मचारी तथा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

नगरपालिकाले आज शिवसताक्षीको दुधेमा आयोजना गरिएको कार्यक्रममा दीर्घसेवी शिक्षक, अवकाश प्राप्त तथा पूर्व प्रधानाध्यापक, बाल शिक्षक र विभिन्न तहमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा सामुदायिक विद्यालयहरुबाट माध्यमिक तहतर्फ भानु माध्यमिक विद्यालय, आधारभूत तहमा दिपेन्द्र आधारभूत विद्यालय र आधारभूत तह (१–५) तर्फबाट अरुणोदय प्राथमिक विद्यालय उत्कृष्ट विद्यालयका रुपमा सम्मानित भएका छन् ।

त्यस्तै, संस्थागत विद्यालयतर्फ दिक्षान्त शिक्षा निकेतन माध्यमिक विद्यालयलाई उत्कृष्ट विद्यालयको रुपमा सम्मान गरिएको शिवसताक्षी नगरपालिका शिक्षा अधिकृत छवि ढकालले जानकारी दिनुभयो ।

नगरपालिकाले उत्कृष्ट प्रधानाध्यापकका रुपमा डामकुमार कुँवर, महेश कुमार खड्का र ताराकुमारी लावतीलाई सम्मान गरेको छ ।

यसैगरी २ जना दीर्घसेवी शिक्षक, २४ जना पूर्व प्रधानाध्यापक, ७ जना अवकाश प्राप्त शिक्षक, ४ जना अवकाश प्राप्त विद्यालय कर्मचारी तथा २ जना बाल शिक्षकहरु सम्मानित हुनुभएको छ ।

सम्मानित बालशिक्षक र कर्मचारी गरी ६ जनालाई यसअघि नगरपालिकाले उपदान स्वरुप जनही एक लाख रुपैयाँ प्रदान गरिसकेको जनाएको छ ।

कार्यक्रममा शैक्षिक सत्र २०८१ मा कक्षा ८, एसईई तथा कक्षा १२ मा उत्कृष्ट जिपिए ल्याउने १६ जना विद्यार्थीलाई नगदसहित सम्मान गरिएको थियो । नगरभरिबाट छनोट गरिएका ती विद्यार्थीहरुलाई उत्कृष्ट विद्यार्थीको रुपमा सम्मान गरिएको नगरपालिका जनाएको छ ।

कार्यक्रममा नगरप्रमुख मेगाहाङ्ग थोप्राले शिक्षक पेशालाई समाजले सधैं सम्मानित र प्रतिष्ठित पेशाका रुपमा हेर्दै आएको उल्लेख गर्नुभयो । शिक्षकहरुले विद्यालय मात्र होइन समाज र राष्ट्र निर्माणमा दिएको योगदान अत्यन्त महत्वपूर्ण रहेको बताउँदै उहाँहरुलाई सम्मान गर्न पाउँदा नगरपालिकालाई गर्व लागेको उहाँको भनाइ थियो । सीमित स्रोत–साधनका बाबजुद पनि शिक्षाको गुणस्तर सुधार र भौतिक पूर्वाधार विकासका लागि नगरपालिका निरन्तर प्रयासरत रहेको नगरप्रमुख थोप्राले बताउनुभयो ।

कार्यक्रममा शिक्षक महासंघ शिवसताक्षीका अध्यक्ष बेनुप्रसाद कार्की, पूर्व प्रधानाध्यापक कालीप्रसाद रिजाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । शिक्षा अधिकृत छवि ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक कमल भट्टराईले गर्नुभएको थियो ।

सम्बन्धित खबर