Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
कोशी सरकारले सञ्चालनमा ल्यायो घुम्ती अस्पताल
शुक्रवार, पौष २५, २०८२
झापा, २५ पुसः कोशी प्रदेश सरकारले पहिलोपल्ट कोशी घुम्ती अस्पताल सञ्चालनमा ल्याएको छ । शुक्रबार झापाको कमल गाउँपालिकाबाट उक्त घुम्ती अस्पतालको शुभारम्भ गरिएको हो ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले घुम्ती अस्पतालको शुभारम्भ गर्दै ठूलो बसभित्र अत्याधुनिक मेडिकल उपकरण जडान गरी यो सेवा सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । मुख्यमन्त्री कार्कीले यो सेवालाई गाउँ गाउँसम्म विस्तार गर्ने बताउनुभयो ।
त्यस्तै कोशी प्रदेश स्वास्थ्य निर्देशनालयकी नर्सिङ प्रशासक आस्था थापाले घुम्ती अस्पतालमा रेडियोलोजी, मुटुको एक्सरे, ब्लड टेस्ट, रगतको नमुना सङ्कलन गरी परीक्षण गर्ने उपकरण जडान गरिएको बताउनुभयो ।
करिब ८० लाख रुपैयाँ खर्च गरेर बसमा नै कोशी घुम्ती अस्पताल सुरु गरिएको स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो ।