Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
साफ फुटसल च्याम्पियनसिप खेल्ने टोलीको बिदाइ
शुक्रवार, पौष २५, २०८२
काठमाडौँ, २५ पुस । थाइल्यान्डमा जनवरी १३ देखि २६ तारिखसमम आयोजना हुने साफ फुटसल च्याम्पियनसिपका लागि नेपालको पुरुष र महिला टोलीको बिदाइ गरिएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले शुक्रबार खेलाडी टोलीको बिदाइ गरेको हो । टोलीलाई एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङलगायत पदाधिकारीले शुभकामनासहित बिदाइ गर्नुभयो ।
नेपालले पहिलो पटक साफ स्तरीय फुटसल च्याम्पियनसिप खेल्न लागेको हो । नेपाली महिला टोलीका लागि यो पहिलो अन्तर्राष्ट्रिय फुटसल च्याम्पियनसिप समेत हो । बिदाइको अवसरमा दुवै टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने दाबी गरेका थिए ।