Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
पोखरी माविको विवाद टुंगियो, मिलेर अघि बढ्ने सहमति
मङ्गलवार, भदौ १२, २०८०
बिर्तामोड । तेह्रथुमको आठराई गाउंपालिका ५ स्थित पोखरी माध्यमिक विद्यालयको विवाद मिलेको छ ।
सर्वोच्च अदालतको आदेशबाट पुनर्स्थापित हुनु भएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजमान कन्दङ्वालाई प्रधानाध्यापक देवीप्रसाद संग्रौलाले काम गर्न नदिँदा विवाद उत्पन्न भएको थियो । झापाको बिर्तामोड नगरपालिका ६ निवासी सोहि विद्यालयका पूर्व विद्यार्थी तथा समाजसेवी लोकबन्धु कन्दङ्वाको घरमा २ दिनसम्म चलेको छलफलले सहमति कायम गरेको हो ।
आइतवार र सोमवार प्रधानाध्यापक संग्रौला र व्यवस्थापन समिति अध्यक्ष कन्दङ्वालगायतको उपस्थितिमा भएको छलफलमा दुवैजना मिलेर जाने सहमति भएको जनाईएको छ।
सर्वोच्च अदालतको परमादेशलाई कार्यान्वयन गर्ने र अदालतको पूर्ण फैसला नआउन्जेलसम्म व्यवस्थापन समितिका अध्यक्ष कन्दङ्वालाई काम गर्न दिने सहमति भएको पूर्व विद्यार्थी लोकबन्धु कन्दङ्वाले जानकारी दिनुभयो।
व्यवस्थापन समिति अध्यक्ष कन्दङ्वालाई काम गर्न नदिने प्रधानाध्यापक संग्रौलाको अटेरीप्रति सरोकारवालाहरुले विरोध जनाउँदै आएका थिए ।