मङ्गलवार, फागुन १२, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

‘महाधिवेशन’ बहस दुई धारमा कांग्रेस

शनिवार, पौष २६, २०८२

काठमाडौँ,२६ पुस । नेपाली कांग्रेसभित्र नियमित रूपमै १५ औँ महाधिवेशन कि विशेष महाधिवेशनमार्फत नीति र नेतृत्व परिवर्तन गर्ने भन्ने बहसमा पार्टीभित्र दुई धार देखिएको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले २०८३ वैशाख २८, २९, ३० र ३१ गते पार्टीको १५ औँ महाधिवेशन गर्ने र संस्थापन इतर पक्षको पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने निर्णयले पार्टीभित्र दुई पक्षीय बहस तीव्र भएको हो । 

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको प्रस्तावमा पुस १८ गतेको केन्द्रीय कार्यसमिति बैठकले २०८३ वैशाखमा १५ औँ महाधिवेशन गर्ने कार्यतालिका बहुमतले पारित गरेको छ तर महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित पक्षधरले विशेष महाधिवेशनको तयारी तीव्र पारेपछि नेताकार्यकर्ता विभाजित भएका हुन् । सातमध्ये पाँच प्रदेशका सभापति नियमित महाधिवेशनका पक्षमा खुल्दा ७७ जिल्लामा चाहिँ नियमित र विशेष महाधिवेशनको पक्षमा मिश्रित पक्षधरता देखिएको छ । 

महामन्त्रीद्वय थापा र शर्माकै अगुवाइमा विशेष महाधिवेशनको तयारी भइरहँदा शुक्रबार सभापति शेरबहादुर देउवा पक्षका केन्द्रीय सदस्यको बैठकले विशेष महाधिवेशनभन्दा निर्वाचनलाई ध्यान दिनुपर्ने निष्कर्ष निकालेको छ । बैठकपछि कांग्रेस केन्द्रीय सदस्य एवं पार्टीका राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले केन्द्रीय कार्यसम्पादन समितिको निर्णय कार्यान्वयन गर्नु पार्टीको हितमा हुने बताउनुभयो । उहाँले अहिले पार्टीभित्रै परस्परमा प्रतिस्पर्धा गर्नु गलत हुने बताउँदै निर्वाचनमा एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “राम्रो परिस्थिति छैन । पार्टी एकता र समझदारीका पक्षमा, कार्यसम्पादन समितिले गरेको निर्णयका पक्षमा हामी लागिरहन्छौँ । विशेष महाधिवेशन अहिलेको आवश्यकता होइन । पार्टीभित्र आन्तरिक एकता कायम गरेर निर्वाचनमा जान आवश्यक छ । निर्वाचनका तयारीमा सबै जुट्नुपर्ने बेला हो यो । यस्तो बेला पार्टीमा खैलाबैला भएको छ । यो उचित छैन ।”

बैठकमा नेताहरू बालकृष्ण खाण, नारायणप्रकाश साउद, शिव हुमागाई, गुरु बराल, वीरबहादुर बलायर, गङ्गालक्ष्मी अवाल, लक्ष्मी खतिवडालगायत सहभागी हुनुहुन्थ्यो । बैठकले भूराजनीतिकै कारण कांग्रेसलाई कमजोर बनाउने प्रयास भएको र पार्टी कमजोर हुँदा लोकतान्त्रिक व्यवस्था कमजोर हुनेप्रति सचेत हुन आग्रह गर्ने निष्कर्ष निकालेको छ । 

महाधिवेशन प्रतिनिधि थपिने 

कांग्रेसका दुई हजार ४८८ जना अर्थात् ५४ दशमलव ५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको मागसहित केन्द्रीय कार्यालय सानेपामा निवेदन दिएको पुस २९ गते ९० दिन पुग्दै छ । सोही अनुसार विशेष महाधिवेशनको तयारी भइरहेको छ । सभापति देउवाले शीर्ष नेताहरूसँग छलफल गरेर पार्टी एकताबद्ध बनाउन संवाद गरिरहनुभएको छ । 

आन्तरिक परामर्श चलिरहँदा महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा प्रतिनिधि थपिने दाबी गर्नुभयो । विशेष महाधिवेशनस्थल भृकुटीमण्डपको निरीक्षणपछि उहाँले दुई हजार ४८८ मध्ये २५ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “२५ जनाले फिर्ता लिए पनि पाँच सयभन्दा बढी महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा जोडिँदै हुनुहुन्छ ।”

महामन्त्री शर्माले विशेष महाधिवेशनले पार्टीलाई बलियो बनाउने, सैद्धान्तिक रूपमा प्रस्ट बनाउने र फागुन २१ गतेको निर्वाचनमा एकल उम्मेदवार लिएर जाने प्रस्ट पार्नुभयो । महामन्त्रीद्वय थापा र शर्माले पुस २७ र २८ गतेका लागि तय भएको विशेष महाधिवेशन कानुनी र राजनीतिक रूपमा अपरिहार्य र बाध्यकारी बनेको र विधानबमोजिम बाध्यकारी रहेको विशेष महाधिवेशन नबोलाउनु, विधानको पालना नगर्नु, जिम्मेवारीबमोजिम काम नगर्नु विधान र राजनीतिक दलसम्बन्धी कानुनविपरीत रहेको प्रस्ट पार्दै आउनुभएको छ । 

१७ भ्रातृ संस्थाको अपिल 

नेपाली कांग्रेसका १७ वटा भ्रातृ संस्थाले वैशाखमा कांग्रेसको १५ औँ महाधिवेशनमार्फत नीति र नेतृत्व छान्न अपिल गरेका छन् । १७ मध्ये अधिकांश भ्रातृ संस्थाका अध्यक्ष र केही भ्रातृ संस्थाका पदाधिकारीले संयुक्त हस्ताक्षर गरेको विज्ञप्तिमा देशका राजनीतिक सङ्कट र कांग्रेसमा देखिएको राजनीतिक तिक्तता नजिकबाट निम्त्याइएको र एक ढिक्का भएर अघि बढ्न सबैमा आह्वान गरिएको छ । 

नेपाल महिला सङ्घ, नेपाल तरुण दल, नेपाल विद्यार्थी सङ्घ, नेपाल प्रजातन्त्र सेनानी सङ्घ, नेपाल किसान महासङ्घ, नेपाल भूतपूर्व सैनिक सङ्घसहितका भ्रातृ संस्थाले विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशनको विकल्प नभएको र निर्वाचनमा जुट्न अपिरिहार्य रहेको बताएका हुन् ।

सम्बन्धित खबर