झापा, २६ पुसः पाँचथरको च्याङथापुबाट फिदिमतर्फ आउँदै गरेको गाडी दुर्घटनामा परेको छ।
मे १ ज २६२८ नम्बरको गाडीमा सवार सातजनामध्ये दुईजनाले हामफालेर ज्यान जोगाएका छन् भने दुईजना सकुशल रहेका छन्।
दुर्घटनामा बाँकी तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरुलाई तत्काल जिल्ला अस्पताल पाँचथर, फिदिमतर्फ उपचारका लागि लगिएको छ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार दुर्घटना सिलसिलेमा भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



