Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
दमकमा बालिकाको कानमा लगाएको सुन लुट्ने पक्राउ
शनिवार, पौष २६, २०८२
दमक, २६ पुस । झापाको दमकमा ५ वर्षीया बालिकाको कानको सुन लुट्ने एक भारतीय नागरिकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार दिउँसो करिब ३ बजेको समयमा दमक नगरपालिका–५ लालीगुँरास टोलमा सुमन लिम्बूको ५ वर्षीया छोरी प्यारोन लिम्बू घरअगाडि बाटोमा खेलिरहेका बेला सिटी सफारी प्रयोग गरी एक समूहले कानमा लगाएको सुनको रिङ नेलकटरले काटेर लुटी फरार भएको प्रहरीले सूचना पाएपछि खोजतलास तिब्र बनाएको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार तत्काल प्रहरी खटिएपछि ४ बजे दमक–६ वडा कार्यालय अगाडिबाट सिटी सफारीसहित चार जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारत कलकत्ताका स्थायी बासिन्दा हाल दमक –६ बस्ने ५३ वर्षीय रिटन दाससहित छन् ।
प्रहरीका अनुसार दाससँगै पक्राउ पर्नेमा दमक–८ का १८ वर्षीय सञ्जय माझी, दमक–७ का १८ वर्षीय निश्चल विश्वकर्मा र दमक–६ का ३८ वर्षीय मेघराज मेहेत्तर रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको खड्काले जानकारी दिनु भयो ।