Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
धनुषामा झडप हुँदा ८ जना घाइते, स्थिति नियन्त्रणका लागि अश्रुग्यास प्रहार
शनिवार, पौष २६, २०८२
काठमाडौँ, २६ पुस: धनुषामा जग्गा अतिक्रमणको विषयलाई लिएर भएको झडपमा ८ जना घाइते भएका छन्। झडप मिथिला नगरपालिका–२ अन्तर्गत सुकजोरस्थित सन्त रामपाल आश्रम अगाडि भएको हो।
झडपमा घाइते हुनेहरू सबै स्थानीय रहेको प्रहरीको भनाइ छ। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरेका थिए।
नेपाल प्रहरीले ७ र सशस्त्र प्रहरीले ९ सेल अश्रुग्यास प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता एवम् डीएसपी गणेश बमले जानकारी दिनुभयो।
घटनापछि आक्रोशित स्थानीयले जनकपुर-ढल्के सडक अवरुद्ध गरेका छन् । साथै, सखुबा महेन्द्रनगरस्थित औरही पुलमा एक एम्बुलेन्समा तोडफोडसमेत गरिएको छ।
क्षेत्रमा अहिले सुरक्षाकर्मी परिचालन गरी अवस्था नियन्त्रणमा लिने प्रयास भइरहेको छ।