Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
विराटनगरबाट ब्राउन सुगरसहित तीन जना भारतीय पक्राउ
आइतवार, पौष २७, २०८२
विराटनगर, २७ पुसः मोरङको विराटनगर महानगरपालिका–१७ बाट प्रहरीले १०४ ग्राम लागुऔषध ब्राउन सुगरसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको जानकारी दिएको छ।
पुस २६ गते इलाका प्रहरी कार्यालय रानी तथा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचका क्रममा भारतबाट विराटनगरतर्फ आउँदै गरेको मोटरसाइकल रोकी जाँच गरेको थियो ।
जाँचका क्रममा मोटरसाइकल चालक भारतको अररिया जिल्लाका २० वर्षीय सेठु कुमार, मोटरसाइकलमा सवार १९ वर्षीय राजकुमार साह र २० वर्षीय रोशन कुमारको साथबाट १०४ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता दीपक पोखरेलले जनाउनुभएको छ ।