Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन
आइतवार, पौष २७, २०८२
काठमाडौं, २७ पुसः गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन भएको छ । तामाङको आइतबार बिहान नयाँ दिल्लीमा निधन भएको उहॉंको पारिवारिक स्रोतले जनाएको हो ।
इन्डियन आइडल विजेता बनेपछि चर्चामा रहेका तामाङ पछिल्लो समय सलमान खान अभिनित फिल्म ‘ब्याटल अफ गलवान’ अभिनयरत हुनुहुन्थ्यो । जसको डबिङ समेत बाँकी रहेको छ । तामाङले नेपाली फिल्म, ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी २’ लगायत नेपाली फिल्म अभिनय गर्नुभएको छ ।
भारतीय मूलका नेपालीभाषी गायक तामाङ भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता हुन् । गायक तामाङको केही नेपाली चलचित्रमा अभिनय गर्नुका साथै स्वर पनि दिनुभएको छ । तामाङ पछिल्लो समय दिल्लीमा बस्दै आउनुएको थियो ।