Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
एमालेका सदस्यहरु चुनावी रणनीति बनाउन व्यस्त
आइतवार, पौष २७, २०८२
काठमाडौं, २७ पुस । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठकमा भाग लिन आएका नेकपा (एमाले) का केन्द्रीय सदस्यहरुले काठमाडौंमा प्रादेशिक बैठक बसेर चुनावी रणनीति बनाउन व्यस्त रहेका छन् ।
सातै वटा प्रदेशका संयोजकहरुले आफ्नो प्रदेशबाट प्रतिनिधित्व गर्ने पदाधिकारी तथा केन्द्रीय सदस्यहरुसहितको बैठक बोलाएका हुन् । यस्तो बैठक कतिपयले पार्टी केन्द्रीय कार्यलय च्यासलमा त कतिपयले आफूलाई अनुकुल हुने स्थानमा आयोजना गरेका छन्।
केन्द्रीय कार्यलय सचिव डा. भिष्म अधिकारीका अनुसार सम्बन्धित प्रदेशमा निर्वाचन केन्द्रीत रणनीति बनाउन सहज होस् भन्ने उद्देश्यले सबै प्रदेशका संयोजकहरुले बैठक बोलाएका हुन् । लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशले आज बैठक बोलाएका छन् । मधेस, बागमती, कोशी, सुदूरपश्चिमले सोमबारका लागि बैठक बोलाएका छन् । कतिपय प्रदेशका बैठकमा अध्यक्ष केपी शर्मा ओली आफैं उपस्थित हुने तयारी गर्नुभएको कार्यालय सचिव अधिकारीको भनाइ छ।