शनिवार, असोज ५, २०८१
NayaPaper | अनलाइन पत्रिका

झापा ट्राफिक प्रहरीको सक्रियता बढ्यो, दुर्घटना न्यूनीकरणमा जोड

मङ्गलवार, भदौ १२, २०८०

बिर्तामोड । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले दुर्घटना न्युनिकरणका लागि सक्रियता बढाएको छ ।
ट्राफिक प्रहरीले यात्रुवाहक तथा मालवाहक गाडीको गति मापन गर्नुकासाथै कागजपत्र, सवारी लाइसेन्स चेकजांच तथा जनचेतनामूलक कार्यक्रमहरुलाई अघि बढाएको हो ।

सोमबार पुर्व पश्चिम राजमार्ग स्थित बुट्टाबारी-चारआली सडकखण्डमा गरेको चेकिङमा ५ वटा वस, २ वटा ट्रिपर, ५ वटा मोटरसाईकल, ३ वटा कार कार्वाहिमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनु भयो । उहांले चेकिङलाई नियमितरुपमा कडाईकासाथ बढाएर लैजाने बताउनु भयो ।

ट्राफिक प्रमुख न्यौपानेका अनुसार सवारी साधनहरुमा ओभर स्पिड, जहां पायो त्यहिं रोक्ने, ओभर टेक गर्ने, ढोका नलगाई खुल्ला राख्ने, कागज पत्र अपडेट नगर्ने, चालकहरुले मापसे, लापसे गर्ने लगायतका समस्या छन् । ट्राफिक प्रहरीले जिल्लाभर नियमित चेकिङसंगै विशेष चेकिङगर्ने कार्यलाई समेत अघि बढाउने जनाएको छ ।झापामा गत आर्थिक वर्षमा मात्रै साना ठुला गरी ८ सय ४ वटा दुर्घटनामा ८ जना वालवालिका सहित १ सय १४ जनाको मृत्यु भएको तथ्यांक छ । जसमध्ये १ सय ७३ जना गम्भिर घाईते भएका थिए ।
यस चालु आर्थिक वर्षको साउन महिनामा मात्रै ५५ वटा दुर्घटना भएको र त्यसमा ५ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरी सहायक निरीक्षक(असई) याम खड्काले जानकारी दिनु भयो ।
ट्राफिक प्रहरीले विभिन्न क्षेत्रमा पुगेर विद्यार्थीहरुलाई बाटो काट्न सिकाउनुकासाथै ट्राफिक नियमका बारेमासमेत जानकारी गराउंदै आएको छ ।

सम्बन्धित खबर