Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
न्युजिल्यान्डविरुद्ध भारतको विजयी सुरुवात
सोमवार, पौष २८, २०८२
काठमाडौं, २८ पुसः भारत र न्युजिल्यान्डबीच सुरु भएको तीन खेलको एकदिवसीय शृंखलामा भारतले विजयी सुरुवात गरेको छ। भारत भ्रमणमा आएको न्युजिल्यान्डले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३०० रन बनाएको थियो।
३०१ रनको लक्ष्य पछ्याएको भारतले ६ बल बाँकी छँदै ६ विकेट गुमाएर लक्ष्य पूरा गर्दै ४ विकेटको सहज जित निकाल्यो।
भारतको जितमा विराट कोहलीले ९३ रनको सानदार इनिङ खेले। कप्तान शुभमन गिलले ५६ रनको अर्धशतकीय योगदान दिए। श्रेयस अय्यर ९ रनमा आउट हुँदा ओपनर रोहित शर्मा २६ रनमा पेभिलियन फर्किए। केएल राहुल २९ रनमा अविजित रहे भने हर्षित रानाले पनि २९ रन जोडे।
न्युजिल्यान्डका लागि केली जेमिसनले ४ विकेट लिए। आदित्य अशोक र क्रिस्टन क्लार्कले १–१ विकेट हात पारे।
यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले राम्रो सुरुवात गरेको थियो। ओपनर डेभन कन्वे र हेन्री निकोल्सले पहिलो विकेटका लागि ११७ रनको साझेदारी गरे। कन्वेले ५६ रन बनाउँदा निकोल्सले ६२ रन जोडे। न्युजिल्यान्डका लागि सर्वाधिक रन ड्यारिल मिचेलले ८४ रन बनाए भने क्रिस्टन क्लार्क २४ रनमा अविजित रहे।
भारतका लागि मोहम्मद सिराज, हर्षित राना र प्रसिद्ध कृष्णले समान २–२ विकेट लिए। कुलदीप यादवले १ विकेट हात पारे।
यी दुई टोलीबीचको दोस्रो एकदिवसीय खेल बुधबार राजकोटमा हुने छ।