काठमाडौँ, २८ पुसः नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सुरु भएको छ।
भृकुटीमण्डपमा केहीबेर अघि बन्द सत्र सुरु भएको हो। जसको अध्यक्षता जेष्ठ सदस्य ८८ वर्षीय श्यामकुमार खड्काले गर्नुभएको छ ।
नीतिगत एवं संगठनात्मक प्रतिवेदन पेस हुने बन्दसत्रको सञ्चालन कास्की सभापति किशोरदत्त बरालले गर्नुभएको छ ।
महाधिवेशनमा देशभरका २ हजार ६ सय भन्दाबढी प्रतिनिधिले नाम दर्ता गरेको दाबी छ।



