मङ्गलवार, वैशाख १, २०८३
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Curacao lisanslı platformlarda dolandırıcılık tespiti ortalama 1 milyon işlemde 3’tür; bu, Bahsegel güncel adres’in yüksek güvenlik düzeyini gösterir.

Canlı rulet oyunlarında HD yayın kalitesi, Bettilt online sayesinde kesintisiz sürer.

Güvenli bir ortamda oynamak isteyenler için Bahsegel kavramı oldukça kritik hale geldi.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

‘निर्वाचनको शान्ति सुरक्षामा कुनै शङ्का गर्नुपर्दैन’

सोमवार, पौष २८, २०८२

काठमाडौं, २८ पुस । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्ति सुरक्षाको कारणले निर्वाचन प्रभावित नहुने बताउनुभएको छ । आयोगले सोमवार आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा उहाँले शान्ति सुरक्षाबारे आशंका गर्नु नपर्ने बताउनुभएको हो । 

उहाँले निर्वाचनमा शान्ति सुरक्षाका लागि करिव साढे पाँच लाख जनशक्ति परिचालन गरिने जानकारी दिनुभयो । उहाँले २०४८ सालपछिका सबै निर्वाचन विभिन्न चुनौतीका बीच सफलतापूर्वक सम्पन्न गरिएको उल्लेख गर्दै आगामी निर्वाचनललाई पनि भयरहित ढंगले सम्पन्न गर्ने बताउनुभयो । 

विगतमा पनि निर्वाचन हुन्छ कि हुँदैन ? भन्ने बहस निर्वाचनको अघिल्लो दिनसम्म हुनेगरेको उल्लेख गर्नुहुँदै उहाँले निर्वाचनबाहेक अर्को विकल्प नभएकाले तोकिएको समयमा नै निर्वाचन हुने उल्लेख गर्नुभयो । निर्वाचन आयोगले शान्ति सुरक्षाको विषयमा सरकारका मन्त्री, सचिव तथा सुरक्षा निकायका प्रमुखहरूसँग पटक–पटक छलफल गरिसकेको उहाँले जानकारी दिनुभयो । 

सरकार र सुरक्षा निकायका प्रमुखहरूले शान्ति सुरक्षाको पूर्ण प्रत्याभुति दिएकोले यस विषयमा अब शंका–उपशंका गर्नुपर्ने अवस्था नरहेको उहाँको भनाइ छ । उहाँले विगतमा पनि निर्वाचन बिथोल्ने शक्ति र हतियार बाहिर भएको अवस्थामा पनि निर्वाचन गराएको स्मरण गर्नुभयो । अहिले त्यस्तो गम्भीर खतरा आयोगले महशुस नगरेको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, "शान्ति सुरक्षा लगायत निर्वाचनको क्रममा अहिले लगभग साढे ५ लाख जनशक्ति परिचालन हुँदैछ । पहिला पहिला पनि हाम्रो निर्वाचन हुँदाखेरी २०४८ पछि २०६४, २०७० को संविधानसभाको निर्वाचन लगायतका सबै निर्वाचन हामीले भोग्यौँ, व्यहाेर्‍याैँ । त्यो बेला पनि निर्वाचन के हो ? हुन्छ, हुँदैन लगायतका विषयहरु निर्वाचनको अघिल्लो दिनसम्म पनि आउँछ । तर निर्वाचन बाहेक अरु कुनै विकल्प नभएको निर्विकल्प निर्वाचन भएकोले शान्ति सुरक्षाको सन्दर्भमा सरकार अत्यन्तै सचेत छ । हामीले दर्जनौ पटक सरकारको मन्त्री, सचिव, सुरक्षा निकायका प्रमुखहरुसँग भेटेर छलफल गरेका छौँ । शान्ति सुरक्षाको सन्दर्भमा यहाँहरुले कुनैपनि कमी कमजोरी छ की भनेर आशंका गर्नुपर्ने स्थिति छैन । शान्ति सुरक्षाको पूर्ण प्रत्याभुत गर्न सरकार तयार छ, भनेर सरकारको तर्फबाट र सुरक्षा निकायका प्रमुखहरुको तर्फबाट पनि यो भनाई आएको हुनाले शान्ति सुरक्षाको सन्दर्भलाई लिएर शंका उपशंका गर्ने विषयलाई अब छाड्दिउँ, अब त्यो विषय चर्चाको विषय रहेन । किन चर्चाको विषय रहेन भने हामीले थुप्रै निर्वाचनहरु हतियार थुप्रै भएर पनि निर्वाचन गरेका छौँ ।" 

यस्तै, बाहिर के कति हतियार छ र निर्वाचन विथोल्ने शक्ति के कसो बाहिर छ भनेर पहिचान नभएको बेलामा पनि निर्वाचन सम्पन्न गरेको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, "अहिलेको परिभेशमा बाहिर त्यो किसिमको खतरनाक छ भन्नेकुरो आयोगले पनि महशुस गरेको छैन । सरकारको तर्फबाट पनि त्यो महसुस भएको हामीलाई आभास भएको छैन । त्यसो भएको हुनाले शान्ति सुरक्षाको प्रत्याभुत हुन्छ । फेरि हिजो विथोलिएको समाज, शान्तिसुरक्षा भंग भएको समाजमा अब शान्तिसुरक्षा नभई निर्वाचन हुँदैन भन्ने तपाई हाम्रो एकमत भएको हुनाले पहिले पहिले हुने निर्वाचन भन्दा अहिले अलि विशेष परिस्थितिबाट सबैले सर्तकता अपनाएर त्यो निर्वाचन सम्पन्न गर्नुपर्छ ।"

उहाँले निर्वाचनको व्यवस्थापनसम्बन्धी सम्पूर्ण काम आयोगले सम्पन्न गरेको पनि जानकारी दिनुभयो । हाल राष्ट्रिय सभा सदस्यको निर्वाचन, प्रतिनिधि सभाको समानुपातिक र प्रत्यक्ष तहको गरी ३ किसिमका निर्वाचनमा आयोग एकसाथ लागेको उहाँको भनाइ छ । उहाँले समानुपातिकतर्फ सोमबार उम्मेद्वारहरुले नाम फिर्ता दिने कार्यक्रम रहेको पनि जानकारी दिनुभयो । उहाँले द्वन्द्व र अस्थिरता भोगेको समाजलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र ढङ्गबाट निर्वाचन गराएर लोकतान्त्रिक बाटोमा ल्याउनुपर्ने आवश्यकता औंल्याउनु भयो ।

सम्बन्धित खबर