शुक्रवार, फागुन १५, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

त्रिशूली बगरमा बस उत्खनन तेस्रो दिन पनि जारी

मङ्गलवार, पौष २९, २०८२

तनहुँ, २९ पुस । चितवनको सिमलताल दुर्घटनामा परी झण्डै डेढ वर्षदेखि त्रिशूली नदीमा बेपत्ता रहेको बसको अवशेष निकाल्न मङ्गलबार तेस्रो दिन पनि उत्खनन कार्य जारी रहेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ दुन्द्राङबेँसीस्थित नदी किनारमा आइतबार फेला परेको बसको भग्नावशेष निकाल्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले प्रयासलाई झनै तीव्र पारेको छ ।

अवरोध छिचोल्दै सुरक्षाकर्मी वि.सं. २०८१ असार २८ गते पहिरोसँगै त्रिशूलीमा खसेको काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको ‘गणपति डिलक्स’ बस १८ महिनापछि बालुवा र गेग्रानको थुप्रोमुनि फेला परेको हो । आइतबार र सोमबार दिनभरको अथक प्रयासपछि पनि बसको धेरै भाग बालुवामा गाडिएको र लेदोले भरिएकाले निकाल्न चुनौती देखिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार बस निकै गहिरोसँग पुरिएको र क्षतविक्षत अवस्थामा रहेकाले प्राविधिक सावधानी अपनाउँदै मङ्गलबार बिहानैदेखि पुनः उत्खनन सुरु गरिनेछ ।

बेपत्ता यात्रुको आश र १८ महिनाको पर्खाइ सिमलतालको त्यो भयावह रातमा दुईवटा बस त्रिशूलीमा खस्दा ५१ यात्रु अझै बेपत्ता छन् । भारतका गोताखोरले समेत लामो समयसम्म खोज्दा फेला पार्न नसकेको बसको अवशेष आइतबार फेला परेको थियो । घटनास्थलमा इलाका प्रहरी कार्यालय साराङघाट र आँबुखैरेनीसहित चितवन र तनहुँका ५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

मङ्गलबार बसलाई पूर्ण रूपमा बाहिर निकाल्न सकेमा त्यहाँ बेपत्ता यात्रुहरूका केही अवशेष वा महत्त्वपूर्ण प्रमाण फेला पर्न सक्ने सुरक्षा निकायको विश्वास छ । प्रनाउ विकले भन्नुभयो, “बस नदीको गेग्रानमा निकै गहिरोसँग पुरिएको छ, हामी यसलाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रयासमा छौँ ।”

सम्बन्धित खबर