Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
आगामी निर्वाचनको परिणाम एमालेको पक्षमा हुनेः महासचिव पोखरेल
मङ्गलवार, पौष २९, २०८२
काठमाडौं, २९ पुस । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको परिणाम एमालेका पक्षमा हुने दावी गर्नुभएको छ ।
बागमती प्रदेश सङ्गठन कमिटीले सोमबार आयोजना गरेको बागमती प्रदेशस्तरीय सयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले आगामी निर्वाचनको परिणामलाई आफ्नो अनुकूल बनाउने दावी गर्नुभएको हो । उहाँले पार्टीले धेरै कार्यक्रम गरे पनि जनताको घरघरमा पुगेर संवाद गर्न भने नसकेको स्वीकार गर्नुभयो ।
महासचिव पोखरेलले उम्मेदवारको अगाडि पछाडि घुमेर चुनावी सफलता प्राप्त गर्न नसकिने समेत बताउनुभएको छ। चुनावी अभियान पार्टीको आन्दोलनको भविष्यसँग जोडिएको पनि बताउनुभयो । चुनावी अभियानमा चुक्यौं भने मुलुक राजनीतिक द्वन्द्वको क्रिडास्थल बन्ने समेत बताउनुभएको छ । त्यसैले चुनावी अभियानमा जुट्नु आवश्यक रहेको उहाँको भनाइ छ ।
सोही कार्यक्रममा एमालेका सचिव महेश बस्नेतले बागमती प्रदेशले सबै निर्वाचन क्षेत्र जित्ने गरी रणनीति बनाउनुपर्नेमा जोड दिनुभयो। साथै बागमती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष नारायण सिलवालले कमिटीले निर्वाचन केन्द्रित अभियान शुरु गरेको जानकारी गराउनुभएको छ ।