बुधवार, साउन ६, २०८३
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında kullanıcıların %35’i ilk oyunlarını mobil cihaz üzerinden yapıyor; bu oran Paribahis indir’te %60 seviyesindedir.

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

2026 yılına özel tasarlanan bettilt sürümü beklentileri yükseltiyor.

Lisanslı yapısı sayesinde güven veren bahsegel Türkiye’de hızla popülerleşiyor.

Rulet, blackjack ve slot makineleriyle dolu bettilt büyük ilgi görüyor.

Her tür spor dalında bahis yapma imkanı sağlayan bettilt geniş bir kategoriye sahiptir.

Canlı rulet oyunları, bahsegel giriş sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Kazancını artırmak isteyen kullanıcılar bahsegel kodlarını kullanıyor.

Rulet, blackjack ve slot oyunlarını deneyimlemek için rokubet giriş sayfasına giriş yapılmalı.

Her cihazda çalışan paribahis uygulaması kullanıcı dostu arayüzüyle dikkat çekiyor.

Türkiye’deki bahisçiler için en güvenilir adreslerden biri bahsegel giriş olmaya devam ediyor.

Yeni özellikleriyle dikkat çeken bahsegel giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcı deneyimini artırmak için sürekli optimize edilen bahsegel giriş performans odaklıdır.

Canlı oyunlarda yüksek tempo arayan kullanıcılar için paribahis ideal bir platformdur.

Kumarhane oyunlarını sevenler bettilt giriş ile vakit geçiriyor.

İnternet üzerinden keyifli vakit geçirmek için bettilt giriş bölümü kullanılıyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.

प्रतिनिधिसभा निर्वाचन : सङ्खुवासभामा तयारी तीव्र

मङ्गलवार, पौष २९, २०८२

सङ्खुवासभा, २९ पुसः आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालयले सुरक्षा योजना तयार गरेको छ ।  निर्वाचनका लागि एकीकृत सुरक्षा योजनाका साथ जिल्लास्थित सुरक्षा निकाय परिचान गरिने छ । 
 
प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले केन्द्रीय सुरक्षा योजना अनुसार नै जिल्लामा एकीकृत निर्वाचन सुरक्षा योजना तयार पारिएको जानकारी दिनुभयो । सुरक्षा संवेदनशीलता, भौगोलिक विकटता, यातायात र सञ्चारको असुविधा तथा यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर सुरक्षा रणनीति बनाइएको जनाइएको छ । 
 
उहाँले भन्नुभयोे, “सम्बन्धित पक्षसँगको समन्वय र सहकार्यमा निर्वाचनलाई निष्पक्ष,भयरहित र शान्तिपूर्ण वातावरण सम्पन्न गर्नेगरी सुरक्षा रणनीति तयार गरिएको छ ।” जिल्लामा सुरक्षा संवेदनशीलताको दृष्टिकोणले आठवटा मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको छ । एक सय आठवटा मतदानस्थलमध्ये १९ मतदानस्थल सामान्य, ८२ संवेदनशील सूचीमा वर्गीकरण गरिएको छ । 
 
अति संवेदनशील, संवेदनशील र सामान्य मतदानस्थलका आधारमा सुरक्षा रणनीति बनाइएको प्रजिअ थपलियाले बताउनुभयो । भौगोलिक विकटता, सुरक्षा निकायको पहुँचदेखि टाढा, यातायात र सञ्चारको असुविधा यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर अति संवेदनशील, संवेदनशील र सामान्य गरी मतदानस्थल तथा केन्द्र छुट्याइएको प्रशासनले जनाएको छ । जिल्ला सुरक्षा समितिले आधाभन्दा धेरै मतदान केन्द्र तथा स्थलको निरीक्षणसमेत गरिसकेको जनाएको छ ।
 
निर्वाचन सुरक्षा योजनाअनुसार पहिलो घेरामा निर्वाचन प्रहरी र नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालन हुने प्रजिअ थपलियाको भनाइ छ । त्यस्तै मतदानस्थल, मतदान केन्द्र लक्षित गरेर गस्ती पेट्रोलिङलगायतका काम पनि भइरहेको छ । स्वच्छ र भयरहित निर्वाचनका लागि नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागको जनशक्ति गरी करिब दुई बढी सुरक्षाकर्मी परिचालन गरिने सुरक्षा समितिले जनाएको छ । सुरक्षा संवेदनशीलता हेरेर जिल्लामा तीनवटै सुरक्षा निकायका लागि थप जनशक्ति माग गरिएको छ । 
 
मतदानस्थल थप 
 
प्रतिनिधि सभा निर्वाचनका लागि एक लाख १९ हजार बढी मतदाता रहेका छन् । जिल्ला १० स्थानीय तहमा एक लाख १९ हजार ६३० मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सन्तोष राईले जानकारी दिनुभयो । योसँग जिल्लामा दुई हजार ७६ मतदाता थपिएका छन् । विसं २०७९को निर्वाचनमा एक लाख १७ हजार ५५४ मतदाता थिए ।
 
मतदाताको पहुँचलाई सरल, सहज र व्यवस्थित बनाउन मतदानस्थल र मतदान केन्द्र थपिएको छ । जिल्लामा सिफारिस भएकामध्ये एक मतदानस्थल थपिएको छ । जिल्लामा एक मतदान केन्द्र र दुई मतदानस्थल थपिएको हो । हाल जिल्लामा १०८ मतदानस्थलबाट थप भएर १०९ मतदानस्थल र १६२ मतदान केन्द्र थपेर १६४ मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख राईले जानकारी बताउनुभयो । 
 
मतदाताको पहुँचलाई सरल, सहज र व्यवस्थित बनाउन मतदानस्थल थपिएको हो । सङ्खुवासभामा नयाँ मतदानस्थल थपिएसँगै  १०९ मतदानस्थल भएका छन् । भोटखोला गाउँपालिका–४ स्थित बरुण आधारभूत विद्यालय सिप्रुङमा एक मतदानस्थल थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । चिचिला गाउँपालिका–४ स्थित सरस्वती माध्यमिक विद्यालय, पाख्रिबास र मकालु गाउँपालिका–२ स्थित हिमान्द्री माध्यमिक सेदुवामा एक एक मतदान केन्द्र थप भएको निर्वाचन कार्यालयका प्रमुख राईले बताउनुभयो ।
 
त्यसैगरी मकालु गाउँपालिका–६ को दीपज्यातो आधारभूत विद्यालय याफुडाँडाबाट सारेर वडा कार्यालयमा स्थानान्तरण गरिएको निर्वाचन कार्यालयका प्रमुख राईले बताउनुभयो । जिल्लास्तरीय मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिबाट भएका चारवटा मतदानस्थलमध्ये एक मात्र थप भएको हो । भौगोलिक विकटता, मतदाता सङ्ख्या र चार–पाँच घण्टासम्म हिँडेर मतदान गर्न जानुपर्ने बाध्यता भएका कारण चारवटा मतदानस्थल थप गर्न सिफारिस गरिएको थियो ।
सम्बन्धित खबर