Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
भारतको हिमाचलमा ग्यास विस्फोट: ९ जना नेपालीको मृत्यु
मङ्गलवार, पौष २९, २०८२
काठमाडौं, २९ पुसः भारतको हिमाचल प्रदेशमा ग्यास सिलिन्डर विस्फोट हुँदा नौ जना नेपालीको मृत्यु भएको छ ।
आफुहरु सुतिरहेको कोठामा राखिएको ग्यास सिलिन्डर अचानक विस्फोट हुँदा भएको आगलागीमा परि नौ जनाको मृत्यु भएको संचारमाध्यले जनाएका छन् ।
विस्फोटपछि आगलागी हुँदा वरपरका घरहरू पनि जलेर ध्वस्त भएका छन् । मृत्यु हुने सबै सल्यान जिल्लाको सिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका सदस्य रहेको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।
दुर्घटनामा ज्यान गुमाउनेहरूमा ३३ वर्षीय धनबहादुर विक, उहाँकी ३२ वर्षीया श्रीमती कविता विक, १६ वर्षीया छोरी राधा विक, १० वर्षीया छोरी रेणुका विक र २२ महिनाका छोरा राजन विक छन् ।
यस्तै अर्को परिवारका ४६ वर्षीय काशीराम विक, उहाँकी ३२ वर्षीया श्रीमती टीका विक, ११ वर्षीया छोरी अनु विक र ७ वर्षीय छोरा किरण विक रहेको बताइएको छ ।
उनीहरू विगत दुई वर्षदेखि रोजगारीका सिलसिलामा भारतमा बस्दै आएका थिए र सोही क्षेत्रमा मजदुरी गर्दै आएका थिए । एकै गाउँका नौ जनाको मृत्यु भएपछि सिद्धकुमाख गाउँपालिका वडा नम्बर २ अहिले शोकमा डुबेको छ ।