मङ्गलवार, वैशाख १, २०८३
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Curacao lisanslı platformlarda dolandırıcılık tespiti ortalama 1 milyon işlemde 3’tür; bu, Bahsegel güncel adres’in yüksek güvenlik düzeyini gösterir.

Canlı rulet oyunlarında HD yayın kalitesi, Bettilt online sayesinde kesintisiz sürer.

Güvenli bir ortamda oynamak isteyenler için Bahsegel kavramı oldukça kritik hale geldi.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो

मङ्गलवार, पौष २९, २०८२

तेहरान, २९ पुस: इरानले आफ्ना नागरिकमाथि लगाइएका केही प्रतिबन्धहरू मङ्गलबार आंशिक रूपमा खुकुलो पारेको छ । देशभर फैलिएको रक्तपातपूर्ण विरोध प्रदर्शनपछि पहिलोपटक इरानी नागरिकलाई मोबाइल फोनमार्फत विदेशमा फोन कल गर्न अनुमति दिइएको हो । तर इन्टरनेटमा लगाइएका प्रतिबन्ध भने यथावत् राखिएका छन् र एसएमएस टेक्स्ट सन्देश सेवा अझै पुनः सञ्चालन गरिएको छैन । पछिल्ला दिनहरूमा राज्यविरुद्धको प्रदर्शनका क्रममा कम्तीमा ६४६ जनाको मृत्यु भइसकेको बताइएको छ ।
 
इरानीहरूले विदेशमा फोन गर्न सके पनि विदेशबाट इरानभित्र कल गर्न भने सम्भव नभएको राजधानी तेहरानका धेरै नागरिकले एसोसिएटेड प्रेसलाई जानकारी दिएका छन् । प्रतिशोधको डरले नाम नखुलाउने सर्तमा बोलेका साक्षीहरूका अनुसार एसएमएस सेवा अझै बन्द छ र इरानभित्रका इन्टरनेट प्रयोगकर्ताहरूले बाहिरी संसारका वेबसाइट वा सेवामा पहुँच पाएका छैनन् । यद्यपि सरकारद्वारा अनुमोदित केही स्थानीय वेबसाइटहरूमा सीमित पहुँच उपलब्ध रहेको उनीहरूको भनाइ छ ।
 
बिहीबार राति अधिकारीहरूले देशभित्र र बाहिरी संसारसँगको सबै सञ्चार एकाएक बन्द गरेपछि अब थप छुट दिइने हो वा होइन भन्ने विषयमा अझै स्पष्टता आएको छैन ।
 
यसैबीच, फ्रान्सेली विदेश मन्त्रालयले सुरक्षा अवस्था कमजोर भएकाले तेहरानस्थित आफ्नो दूतावासका अनावश्यक कर्मचारीलाई फिर्ता बोलाई दूतावासलाई सीमित कर्मचारी र सावधानीका साथ सञ्चालन गर्ने गरी पुनः व्यवस्थापन गरिएको जानकारी दिएको छ । यस हप्ताको सुरुमा अनावश्यक कर्मचारीहरूलाई इरानबाट बाहिर पठाइएको थियो । फ्रान्सेली समाचार एजेन्सीका अनुसार दूतावासका गैरआवश्यक कर्मचारीहरू आइतबार र सोमबार देश छोडेर गएका थिए । यद्यपि फ्रान्सका राजदूत भने तेहरानमै रहनुभएको छ र दूतावासले आफ्नो कामकाज जारी राखेको मन्त्रालयले सोमबार राति जनाएको छ ।
 
जर्मन चान्सलर फ्रेडरिक मेर्जले इरानी सरकार प्रदर्शनकारीहरूमाथि गरिरहेको हिंसा तुरुन्तै अन्त्य गर्न आह्वान गर्दै वर्तमान शासन आफ्नो ‘अन्तिम दिन र हप्ता’ मा रहेको विश्वास व्यक्त गर्नुभएको छ । भारतको बेङ्गलुरु भ्रमणका क्रममा मङ्गलबार उहाँले भन्नुभयो, “यदि कुनै शासनले बल प्रयोग गरेर मात्र सत्ता जोगाउन सक्छ भने त्यो प्रभावकारी रूपमा अन्त्यतिर पुगेको हुन्छ ।” उहाँले चुनावमार्फत जनताको वैधता नपाएको यो शासनविरुद्ध जनआक्रोश बढ्दै गएको उल्लेख गर्दै द्वन्द्व शान्तिपूर्ण रूपमा अन्त्य हुने आशा व्यक्त गर्नुभयो । साथै, जर्मनी यस विषयमा अमेरिका र युरोपेली सरकारहरूसँग नजिकको सम्पर्कमा रहेको जानकारी दिनुभयो ।
 
उता, इजरायली सेनाले इरानमा जारी विरोध प्रदर्शनका कारण ‘आश्चर्यजनक परिदृश्यहरूका लागि सतर्क’ रहेको बताएको छ । तर नागरिकहरूका लागि जारी गरिएका सुरक्षा निर्देशनमा कुनै परिवर्तन नगरिएको इजरायली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिनुभएको छ । उहाँले इरानमा भइरहेको प्रदर्शनलाई आन्तरिक विषयका रूपमा वर्णन गर्नुभयो ।
 
यसको पृष्ठभूमिमा गत गर्मीमा इजरायलले इरानको आणविक कार्यक्रममा आक्रमण गरेको थियो, जसपछि १२ दिनसम्म चलेको युद्धमा करिब एक हजार २०० इरानी र झन्डै ३० इजरायलीको ज्यान गएको थियो । पछिल्लो साता इरानले इजरायल वा अमेरिकाबाट आक्रमण भएमा जवाफी कारबाही गर्ने चेतावनी पनि दिएको छ ।
 
इन्टरनेट र अन्तर्राष्ट्रिय कल सेवा बन्द गरेर विरोध प्रदर्शन दमन गरिएपछि मङ्गलबार मात्र इरानी मोबाइल फोनहरूले विदेशमा कल गर्न सकेका हुन् । तेहरानका धेरै नागरिकले एसोसिएटेड प्रेससँग कुरा गर्न सफल भए पनि संयुक्त अरब इमिरेट्सको दुबईस्थित एपी ब्युरोले ती नम्बरहरूमा फिर्ता कल गर्न सकेन । प्रत्यक्षदर्शीहरूका अनुसार इन्टरनेट अझै पनि बाहिरी संसारसँग पूर्ण रूपमा काटिएको छ । विरोध प्रदर्शन चर्किँदै गएपछि इरानले बिहीबार इन्टरनेट र फोन सेवा बन्द गरेको थियो ।
 
मानव अधिकार कार्यकर्ताहरूका अनुसार जारी विरोध प्रदर्शनका कारण मृत्यु हुनेको सङ्ख्या कम्तीमा ६४६ पुगेको छ । यसअघि पनि सही तथ्याङ्क प्रदान गर्दै आएको अमेरिकामा आधारित मानव अधिकार कार्यकर्ता समाचार एजेन्सीले मङ्गलबार बिहान अद्यावधिक विवरण सार्वजनिक गरेको हो । सो एजेन्सीले इरानभित्रका विभिन्न स्रोतबाट प्राप्त सूचनाको क्रस–चेकिङमा आधारित तथ्याङ्क प्रयोग गरेको जनाएको छ ।
 
एजेन्सीका अनुसार मृतकमध्ये ५१२ जना प्रदर्शनकारी र १३४ जना सुरक्षा बलका सदस्य रहेका छन् । पछिल्ला दुई हप्तामा १० हजार ७०० भन्दा बढी मानिसलाई हिरासतमा लिइएको पनि जनाइएको छ ।
सम्बन्धित खबर