झापाली समाज माल्टाको चौथो अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।
झापाली समाज माल्टाको २०२३–२०२५ कार्यकालका अध्यक्ष मुक्तिलाल पुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा समाजकी संस्थापक अध्यक्ष शर्मिला बस्नेत सहभागी रहनुभएको थियो।
कार्यक्रममा तामाङ समाज माल्टाका अध्यक्ष सुनिलदोङ तामाङ, किरात याक्थुङ चुम्लुङ माल्टाका अध्यक्ष प्रेम लिम्बु, मगर समाज माल्टाका महासचिव भरत पाइजा, व्यवसायी तथा समाजसेवी भुवन अर्याल, समाजसेवी चित्राङ लिम्बु, काव्य कटवाल तथा प्रकाश भण्डारीलगायतले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रमको स्वागत मन्तव्य महिला संयोजक शिक्षा घिमिरेले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन २०२३–२०२५ कार्यकालका कार्यवाहक महासचिव ऋषिराम काफ्लेले गर्नुभएको थियो।
नवनिर्वाचित कार्यसमिति यस प्रकार छ ।
अध्यक्ष : एकराज राउत
वरिष्ठ उपाध्यक्ष : त्रिदेव प्रसाईँ
उपाध्यक्ष : लोरेन लेप्चा
महिला उपाध्यक्ष : शिक्षा घिमिरे
युवा उपाध्यक्ष : नवराज बानिया
महासचिव : ऋषिराम काफ्ले
सचिव : मनोज चिमरिया
सह–सचिव : उद्धव खनाल
कोषाध्यक्ष : जीवन पोखरेल
सह–कोषाध्यक्ष : सिद्धार्थ गौतम
युवा संयोजक : डिकेश काफ्ले
महिला संयोजक : मनिषा थपलिया
प्रवक्ता : प्रभाकर गिरी
युवा उप–संयोजक : प्रताप राई
सदस्यहरू
प्रकाश थापा, मन्थन बस्नेत, सुवास भण्डारी, करण मेचे, अमित मेचे, अशोक मेचे, धनपति बराल, मित्रलाल श्रेष्ठ, अभिषेक पोखरेल, राजु ढकाल, कैलास सापकोटा, योगेन्द्र मैनाली
सल्लाहकार परिषद्
सल्लाहकार संयोजक : मुक्तिलाल पुरी
सदस्य सचिव : भक्तबहादुर भण्डारी
सल्लाहकारहरू
प्रकाश शर्मा, शर्मिला बस्नेत, लालकाजी श्रेष्ठ, उपेन गिरी, नवीन गिरी, श्यामकुमार बस्नेत, अंश तेजबहादुर लिम्बु (स्यान्डी), कृष्ण गिरी, भुवन झा, कमल पोखरेल



